Saturday 7th March 2026

जन-जागृतिको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन फेब्रुअरी ८ मा हुने


तितोपाटी – जन-जागृति युवा समाज कुवेतले सँस्थाको ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन आगामी फेब्रुअरी ८ तारिक गर्ने भएको छ । समाजको हिँजो बसेको बैठकले कुवेतको फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष छत्र बहादुर कार्कीले तितोपाटी डट कम लाई जानकारी गराएका छन् ।

औं वार्षिक उत्सव तथा ५ औं अधिवेशनको अवसर पारेर संस्थाले खुल्ला साहित्य वाचन(गीत, गजल, कविता, मुक्तक) कार्यक्रम पनि राखेकोले साहित्यप्रति रूचि राख्ने साहित्यकर्मीहरूलाइ उक्त दि उपस्थित भइ आ-आफ्ना रचना वाचन गर्न सँस्थाका महासचिव टिकाराम आचार्यले कुवेतवासी सबैलाइ हार्दिक आह्वान समेत गरेका छन् ।
“जागरूक समाजको खोज, जन-जागृति युवाको सोच” भन्ने नाराका साथ सन २००९ मा गठित जन-जागृति युवा समाज कुवेत एक विशद्ध सामाजिक सँस्था हो भने यस सँस्थाले स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृत तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुर्ण नेपालीहरूलाइ लक्षित गरि जन-चेतना, राहत-उद्दार र मानविय सेवाका कार्यहरू गर्दै आएको छ ।
सँस्थाले ५ औं अधिवेशन पछि बन्ने नयाँ कार्य समिति गठनका लागि छत्र बहादुर कार्कीको संयोजकत्वमा भिम बहादुर केसि तथा लाल बहादुर तामाङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरि सकेको जनाउँदै जन-जागृतिको उक्त अधिवेशनमा उपस्थितिका लागि नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल संघ सँस्था, पत्रकार, सामाजिक अभियन्ता, साहत्यकर्मी वुद्धिजीवि, कलाकार, खेलाडी लगायत कुवेतलाइ कर्मथलो बनाएर बस्ने सर्वसाधारण सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ निमन्त्रणा गर्दै उक्त दिन अन्य संघ सँस्थालाइ कार्यक्रम नजुधाइ दिनुहुन पनि विशेष अनुरोध गरेको छ ।
स्मरण रहोस, कुवेतको नेपाली समाजमा पहिलो सामाजिक सँस्थाको रूपमा चिनिन सफल यस सँस्थाले सुरूवाती वर्षहरूमा ब्लड क्यान्सरले पीडित मन्दिका परिवारको उपचारार्थ  सहयोग, जीवन र मरणको दोसाँधमा रहेकी शान्ति माया दोङको घरफिर्ति प्रकृयाको लागि अगुवाइ गरेपछि चर्चा कमाएको थियो भने यस सँस्थाले नियमित रूपमा नेपालका विभिन्न क्षेत्र र समुदायका विभिन्न किसिमले पीडितहरूलाइ वार्षिक रूपमा लाखाैंको सहयोग गर्दै आएको छ । इन्टरनेटको पहुँच नहुने समयदेखि नै नेपाली तीथि मिति र चाडपर्व अंकित नेपाली भित्तेपात्रो प्रकाशित गरि निःशुल्क वितरण गर्ने कुवेतको पहिलो सँस्था जन-जागृतिले यस कार्यलाइ निरन्तरता दिंदै आएको छ भने वैदेशिक रोजगारीमा अाएका प्रवासी श्रमिकहरूलाइ अरवी भाषाको थोरै भने पनि ज्ञान होस भनि अरबी भाषा पुस्तक प्रकाशित गरि निःशुल्क वितरण पनि गरेको थियो ।
कुवेतमा हुने गरेका हरेक कृयाकलापहरूमा यहाँ कृयाशिल अन्य संघ सँस्थाहरूसँग सहकार्य र हातेमालो गर्दै आएको यस सँस्थाले हाजिरी जवाफ प्रतियोगित, वक्तृत्वकला प्रतियोगित, साहित्यिक कार्यक्रमहरू, अन्तरकृया कार्यक्रम जस्ता रचनात्मक कार्यक्रमहरू समेत गर्दै आएको छ ।

कार्यक्रमको विवरणः

मितिः ८ फेब्रुअरी २०१९ शुक्रबार ।

स्थानः फरवानिया ब्लक -४, गल्फमार्ट रहेको बिल्डिङको पहिलो तल्ला, द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्ष ।

समयः दिनको ११ बजे देखि साँझ ५ बजे सम्म ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...