Saturday 7th March 2026

कोसेली समुहको ११ औं वार्षिक उत्सव तथा अधिवेशन फब्रुअरी १५ मा हुने


तितोपाटी – कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको  बसेको बैठकले सो निर्णय गरेको हो ।

विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम तथा छापा पत्रिका मरूभूमिको कोसेली पत्रिका प्रकाशक कोसेली समुह कुवेतले नेपाली राजदूतावास कुवेत, कुवेतको नेपाली समाजमा कृयाशिल संघ सँस्था, पत्रकार, बुद्धिजीवि, खेलाडी, कलाकार  एवं कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा सँस्थाको ११ औं वार्षिक उत्सव तथा ऐतिहासिक प्रथम अधिवेशन गर्ने लागेको हो ।

 समाचार, सूचना, साहित्य, खेलकुद, मनोरञ्जन र विभिन्न रोचक जानकारी सहितको विशद्ध सामुदायिक पत्रकारिता, विभिन्न सामाजिक सेवाका कार्यहरू र जन-चेतनामुलक गतिविधि संचालन गर्दै आएको कोसेली समुहले विगतमा गरेका हरेक कामहरू फरक ढंगले विशेष रूपमा गर्दै आएकोमा यस पटक पनि विशेष तरिकाले वार्षिक उत्सव र ऐतिहासिक अधिवेशन गर्न लागिएको समुहका अध्यक्ष नबराज पन्थीले जानकारी गराएका छन् ।

स्थापनाकालमा नेपालकुवेत डट कम हुँदै परिवर्तित रूपमा तितोपाटि डट कम को रूपमा मध्यपुर्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कोसेली समुहले वार्षिक उत्सवको अवसर पारेर मरूभूमिको कोसेली छापा पत्रिकाको स्मारिका अंक पनि प्रकाशित गर्ने भएको छ भने विगतमा द्वैमासिक रूपमा प्रकाशित हुँदै आएको छापा पत्रिका इन्टरनेटको पहुँचका कारण विभिन्न सामाजिक संजाल तथा अनलाइनका कारण पत्र पत्रिका पठन पाठन गर्ने पाठक नभएका कारण हाल नियमित रूपमा प्रकाशित नभए पनि स्मारिका अंकको रूपमा हरेक वर्ष प्रकाशन गर्ने योजना बनाएर कोसेली समुह अगाडि बढेको समुहका प्रधान सम्पादक हरिकृष्ण न्याैपानेले बताए ।

कुवेतको नेपाली समाजमा मुलधारको सँस्थाको रूपमा चिनिएको कोसेली समुहले कुनै नाफामुलक उद्देश्य नराखेको भए पनि सँस्था संचालनको आर्थिक पाटोलाइ मद्दत पुगोस भनेर यस समुहमा आवद्ध सदस्यहरूमार्फत लेवि संकलन गर्ने गरेको छ भने सदस्यहरूको स्तरोन्नती होस र आपत विपत र भै परि आउँदा सदस्यहरूलाइ सहयोग गर्न सकियोस भनेर समुह भित्र छुट्टै बचत कोष संचालन गरेको कोसेली समुहले सोही जगमा रहेर छापा पत्रिका प्रकाशन तथा अनलाइन संचालन गरिरहेको छ ।

कुवेतको नेपाली समाजमा एउटा छुट्टै इतिहास बनाउन सफल कोसेली समुहले कुवेतवासी नेपालीहरूको अपार माया पाएर नै ११ औं वार्षिक उत्सव सम्म मनाउन लागिरहेको बताउँदै कोसेली समुह कुवेतको १५ फेब्रुअरीको कार्यक्रमको लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी लगायत सर्वसाधारण सबै नेपालीहरूलाइ निमन्त्रणा गर्दै समुहको कार्यक्रम सफल पार्न चाैतर्फी रूपमा सबैको साथ, सहयोग र समर्थनको अपेक्षा राख्दै उक्त दिन कुनै पनि कार्यक्रम नराखी दिनुहुन सम्पुर्ण कुवेतमा कृयाशिल अन्य संघ सँस्थाहरूलाइ आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...