Monday 19th January 2026

जापानले विदेशी कामदार लिने भएपछि नेपालमा म्यानपावर व्यवसायीको ठगी


तितोपाटी – वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा असुल्न सुरु गरेका हुन् ।

केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन् । वैदेशिक रोजगार विभागले भने सूचना प्रकाशित गरी भ्रममा नपर्न सबैलाई सचेत गराएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईँद्वारा जारी विज्ञप्तिमा जापानमा रोजगारीको हल्लाको पछि नलाग्न सचेत गराइएको हो । जापान रोजगारी विषयमा कुनै पनि निर्णय नभएको भन्दै विभागले कसैलार्इ पनि राहदानी तथा पैसा बुझाउने काम नगर्न आग्रह गरेको छ । जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छिट्टै छलफल गरी टुंगो लगाउने पनि विभागले जनाएको छ ।

निर्देशक गुरागाईले कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन सूचना जारी गरिएको जानकारी दिए । हल्लाकै भरमा कसैले राहदानी संकलन तथा पैसा असुलेको पाइए कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।

यसअघि प्रशिक्षार्थी कामदारका रुपमा जिट्कोअन्तर्गत केही युवा जापान जाने गरेका थिए । जिट्को अन्तर्गत जापान जाने युवा भन्दा ठगिने युवा बढी थिए । जिट्को प्रभावकारी नभएपछि केही महिनाअघि नै बन्द भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...