Thursday 8th October 2026

टुनामुना लगाइ किशोरी बलात्कार गरेको आरोपमा ७५ वर्षे वृद्ध पक्राउ


तितोपाटी – पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा बोलाउने र जबर्जस्ती गर्नाका साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आकर्षित हुँदै आएको बताएकी प्रहरीले जनाएको छ। (रासस)


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...