Thursday 28th March 2024

टुनामुना लगाइ किशोरी बलात्कार गरेको आरोपमा ७५ वर्षे वृद्ध पक्राउ


तितोपाटी – पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

ती किशोरीले आफूलाई सञ्चो नभएको बेलामा झारफुक गरी निको गराउने आश्वासनमा घरमा बोलाउने र जबर्जस्ती गर्नाका साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आकर्षित हुँदै आएको बताएकी प्रहरीले जनाएको छ। (रासस)


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...