Thursday 15th January 2026

कुवेतमा खुमन अधिकारीलाई गरियो भव्य स्वागत


बसन्त थापा/ कुवेत- खुमन अधिकारीलाई कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थल कुवेतमा भब्य स्वागत गरिएको छ।

यहि  जनवरी ४ तारिख अर्थात् शुक्रवारको दिन अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ वार्षिक तथा सांगीतिक धमाका कार्यक्रमको लागी अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतको निमन्त्रणामा चर्चित लोक गायक खुमन अधिकारी आज बिहान ५ बजेनै कुवेतमा आइपुगेका छन।

लामो समय देखि कलाकारितामा पोख्त भएका कलाकार खुमन अधिकारी दर्जनौ आदुनिक तथा लोकगीतमा आवाज भरीसकेका छन।

कलकार खुमनले दर्जनौ म्युजिक भिडियोमा तथा स्टेज कार्यक्रममा आफ्नो अभिनय मार्फत दर्शकको मन जित्न सफल भएका छन।भने देशबिदेशका विभिन्न कार्यक्रमहरूमा ब्यस्त रहदै आएका छन।

४ जनवरी २०१९ शुक्रवार को दिन समय दिउसो १२ बजे देखी कुवेत बोईस स्कौट असौसियन हल हवलीमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार खुमनको साथमा कुवेतमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।

नेपाल देखी आएका अथिति कलाकार र कुवेतबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई पाँचौ वार्षिक उत्सव तथा सांगीतिक धमाका र  नया वर्षको को कार्यक्रम भव्यरूपमा मनाउनको लागि कलाकार खुमनले सम्पूर्ण कुवेतबासी नेपालीहरूलाई चुले निम्तो दिदै उपस्थितिको लागी अनुरोध गरेका छन


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...