Sunday 29th March 2026

कुवेतमा खुमन अधिकारीलाई गरियो भव्य स्वागत


बसन्त थापा/ कुवेत- खुमन अधिकारीलाई कुवेतको शेख शाद अल अब्दुल्लाहा बिमानस्थल कुवेतमा भब्य स्वागत गरिएको छ।

यहि  जनवरी ४ तारिख अर्थात् शुक्रवारको दिन अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रजी नयाँ वर्षको अवसर पारेर कुवेतमा आयोजना गर्न लागेको पाँचौ वार्षिक तथा सांगीतिक धमाका कार्यक्रमको लागी अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतको निमन्त्रणामा चर्चित लोक गायक खुमन अधिकारी आज बिहान ५ बजेनै कुवेतमा आइपुगेका छन।

लामो समय देखि कलाकारितामा पोख्त भएका कलाकार खुमन अधिकारी दर्जनौ आदुनिक तथा लोकगीतमा आवाज भरीसकेका छन।

कलकार खुमनले दर्जनौ म्युजिक भिडियोमा तथा स्टेज कार्यक्रममा आफ्नो अभिनय मार्फत दर्शकको मन जित्न सफल भएका छन।भने देशबिदेशका विभिन्न कार्यक्रमहरूमा ब्यस्त रहदै आएका छन।

४ जनवरी २०१९ शुक्रवार को दिन समय दिउसो १२ बजे देखी कुवेत बोईस स्कौट असौसियन हल हवलीमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार खुमनको साथमा कुवेतमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।

नेपाल देखी आएका अथिति कलाकार र कुवेतबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई पाँचौ वार्षिक उत्सव तथा सांगीतिक धमाका र  नया वर्षको को कार्यक्रम भव्यरूपमा मनाउनको लागि कलाकार खुमनले सम्पूर्ण कुवेतबासी नेपालीहरूलाई चुले निम्तो दिदै उपस्थितिको लागी अनुरोध गरेका छन


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...