Saturday 7th March 2026

झापाली समाजले प्रथम सचिव भोगेन्द्र लिङदेनलाई औपचारिक रुपमा विदाई गर्यो


तितोपाटी – “हाम्रो एकता विकासका लागि” भन्ने मुल नाराका साथ सन २०१३ मा गठित झापाली समाज कुवेतले  समाजका मानार्थ सल्लाहकार सदस्य एवं नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भाोगेन्द्र लिङदेनलाई एक भव्य समारोहका विच विदाई गर्यो । समाजको ५ औं वार्षिक उत्सवको अवसर पारेर हिँजो २८ डिसेम्बर २०१८ शुक्रबारको दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा प्रथम सचिव भोगेन्द्र लिङदेनलाई औपचारिक रूपमा मायाको चिनो, दोसल्ला र खादा अोढाएर विदाई तथा सम्मान गरेको हो । झापाली समाजको विदाइ कार्यक्रममा सुदुरपश्चिम सेवा समाज कुवेतले पनि प्रथम सचिव लिङदेनलाई मायाको चिनो तथा दोसल्ला  ओढाएर विदाई गरेको थियो ।

 समाजका अध्यक्ष लोमस बास्तोलाको सभाध्यक्षता तथा दूतावासका प्रथम सचिव भोगेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक उत्सव तथा विदाई समारोहमा अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार ध्रुबकुमार संग्राैला (कुमार झापाली), कोसेली समुहका प्रवन्ध निर्देशक तथा पत्रकार महासंघ कुवेतका सचिव आनन्द आचार्य, सगरमाथा परोपकारी समाजका अध्यक्ष तथा पत्रकार बसन्त थापा , कोसेली समुहका महासचिव जिवन कुमार बि.क., मोरङ सुनसरी सेवा समाज कुवेतका अरूण लिम्बु, सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्का, थाकथुक मावोहाङ वंश उत्थान संघ कुवेतका अध्यक्ष दुर्गा चेम्जोङ लगायतका अतिथिहरू र झापाली समाज कुवेतमा आवद्ध प्रवाशी झापाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्मान र विदाइ ग्रहंण गर्दै संस्थाका मानार्थ सल्लाहकार तथा नेपालीर राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङदेनले अाफुले कुटनैतिक मर्यादामा रहेर गर्नु पर्ने कार्यहरूमा कुनै पनि नेपालीलाइ अाफ्नो पराइ नभनी कार्य गरेको, अाफु झापाली भएको नाताले झापाली समाजले सल्लाहकारको रूपमा सम्मान दिए पनि प्रत्यक्ष रूपमा समाजको लागि अाफुले कुनै सहयोग गर्न नसके पनि भविष्यमा सम्पुर्ण झापालीहरूको स्तरोन्नती, श्रीवृद्धिको कार्यमा झापाली समाज अझ सशक्त भएर अगाडि बढोस भन्दै समाजको हरेक राम्रा कार्यहरूमा अाफ्नो साथ, सहयोग र समर्थन रहने बताए ।

वार्षिक उत्सव, विदाइ तथा सम्मान समारोहमा शुभकामना दिने वक्ताहरूले झापाली समाजले स्थापनाकालदेखि झापाको दिगो विकास, झापाली जनताको स्तरोन्नतीको लागि विभिन्न समाजिक कार्यहरू गरिरहेको प्रति खुलेर प्रशंसा गरेका थिए भने मानविय सेवाका कार्यमा समाजले झापामा मात्र नभएर नेपालभरि नै सक्दो सहयोग गरेको स्मरण गर्दै अागामी दिनमा समाजले अझ प्रगति गरोस भन्दै अाफ्नो कार्यकाल पुरा भएर नेपाल फर्कन लाग्नु भएका नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङदेनले कुवेतवासी प्रवासी नेपालीहरूलाई प्रत्यक्ष परोक्ष रूपमा कन्सुलर सेवा लगायतका काममा गरेको सहयोगको खुलेर प्रसंशा गर्दै आगामी दिनमा वहाँको उज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै सचिव ज्यू हाल नेपाल फर्कन लाग्नु भए पनि भविष्यमा कुवेतको  राजदूत बनेर अाएको हेर्न चाहेको बताएका थिए ।

कार्यक्रममा सँस्थाले गत सेप्टेम्बर महिनादेखि कुवेतमा बाचनालय संचालनमा ल्याएको बताउँदै ज्ञानको भण्डार पुस्तक पढ्ने बानी बसालाैं भन्दै इच्छुक व्यक्तिहरूले मासिक रूपमा पुस्तक लिएर पढ्न पाउने भएकोले इतिहासको दस्तावेजका रूपमा रहने पुस्तकहरू जो कसैसँग भएमा पनि उपलब्ध गराउन पनि सबैमा अाग्रह गरिएको थियो ।

संस्थाका महासचिव प्रसाद तिम्स्सिनाद्वारा संचालित सँस्थाको ५ औं वार्षिक उत्सव तथा विदाइ कार्यक्रममा संस्थाको ५ औं वर्षगाँठको प्रतिकको रूपमा ५ वटा मैनवत्ती  प्रज्वलन गरिएको थियो भने केक काटेर समारोहको उद्घाटन गरिएको थियो भने समाजले संचालनमा ल्याएको शव वाहन खरिदमा विशेष सहयोग गर्ने कुमार झापालीलाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो । समाजको आजीवन सदस्यता लिने सबैलाई प्रमाणपत्र, सदस्यता कार्ड र खादा ओढाएर सम्मान गरिएको थियो । समाजले सदस्यहरूको श्रीवृद्धिको लागि संचालन गरेको बचत कोषमा सहभागी भई आर्थिक योगदान पुर्याउने सबै सदस्यहरूलाई कदरपत्र दिएर सम्मान गरिएको थियो ।

त्यसै गरि सँस्थाले गत सेप्टेम्बर महिनादेखि कुवेतमा बाचनालय संचालनमा ल्याएको बताउँदै ज्ञानको भण्डार पुस्तक पढ्ने बानी बसालाैं भन्दै इच्छुक व्यक्तिहरूले मासिक रूपमा पुस्तक लिएर पढ्न पाउने भएकोले इतिहासको दस्तावेजका रूपमा रहने पुस्तकहरू जो कसैसँग भएमा पनि उपलब्ध गराउने पनि सबैमा आग्रह गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...