Monday 2nd March 2026

डिसेम्बर २८, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रमको सम्पुर्ण तयारी पूरा , कुवेतमा कार्यरत नेपालीलाई हार्दिक निमन्त्रणा


तितोपाटी – तमू ल्होसार-२०१८ का अबसरमा आगामी डिसेम्बर-२८, शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङले जानकारी दिएको छ।

स्थापान काल देखी हरेक बर्ष बिबिध कार्यक्रम गरी ल्होसार मनाउदै आएको समाजले यो बर्ष पनि बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ धुमधाम तरिकाले मनाउने भएको छ। खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने उद्देश्यले तमू समाज, कुवेतले ल्होसार पर्व एक समावेशी ढंगबाट मनाउने भएको हो।

यहि २८ डिसेम्बर २०१८ शुक्रबार को दिन कुबेत को सल्मिय स्थित ईन्डियन public स्कुल को हलमा तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक ल्हाेसार कार्यक्रमकाे आयोजना गरिएकाे हुँदा कुबेत मा छरिएर रहनु भएका सम्पुर्ण तमु-तमुस्याेहरु कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार,खेलाडी ,बुद्धिजिवी, समाजसेवी, व्यावसायि तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी दिदीबहिनीहरुलाई निमन्त्रणा इमेल, मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी तमु समाज कुबेत हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम: तमू फो ल्हो ल्हाेसार

मिती: २८ डिसेम्बर २०१८ शुक्रबार

समय: मधन्य १२ बजे देखी

स्थान : (indian public school (एपोलो मेडिकल सेन्टर ओपोजिट

आयोजक : तमु समाज कुबेत

नोट:- साथमा तमुकलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...