Sunday 18th January 2026

बिभिन्न प्रलोभनमा भारत पुर्याइएका १३ जना नेपाली महिलाको उद्दार


तितोपाटी – भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबाद र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको हो।

समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ।

समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु-याएको बताए। उनले भने,‘ उद्धार गरिएका महिलाहरुलाई त्रिभुवन विमानस्थलमा सीआइबीलाई हस्तान्त्ररण गरिने छ।’  उद्धार गरिएका महिलाहरु विपन्न वर्गका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...