Monday 2nd March 2026

रविको मन छुने कहानी: म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म


तिताेपाटी – सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो । आज नेपाल आइडलको फिनाले । फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । हुन त यो तस्वीरले अरुलाई के कति छुन्छ थाहा छैन तर मलाई निकै हदसम्म यो तस्वीरले सोच्न बाध्या बनायो ।

नेपाल आइडलमा पुगेर आफ्नो क्षमता देखाउदै टप ४ मा पुगेका रवि ओडको कहाँनि अरुको भन्दा कहालीलाग्दो नै छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने छन् । यतिबेला नेपाल आइडलमा संगीतमा साधना गरिरहेका प्रतिष्पर्धी देखि लिएर जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि म्यादी प्रहरीमा बन्दा ठुलो सफलता पाएको भन गर्ने मान्छे पनि छन् ।

हुन त कसैको तुलना कसैसंग गर्न मिल्दैन तर रवि ओडको गीत संगीतप्रतिको लगाव र गायन कला देख्दा लाग्छ उनु भित्र इश्वरीए देन छ गायन को त्यो उनले जन्मिदा नै ल्याएर आएको थिए सायद । सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंछा होला ।

तर विडम्बना यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् यदि हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि उनै देखेने थिइन् । यतिबेला उनकि अर्की आमा छन् जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाउने छ ।

यतिबेला नेपाल आईडलको फाईनलमा पुगेर प्रतिस्पर्धा गरिरहेका रवि पनि नेपाल आइडलका मुख्य दाबेदार हुन् । आजसम्म डेन्जर जोन मा समेत नपरेका रविलाई देश विदेश बाट धेरै दर्शकको माया साथ र सहयोग मिलेको कुरा प्रष्ट थाहा हुन्छ । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका छन् ।

फिनाले नजिकिए संगै आइडलको रौनक समेत निकै बढेको पाइएको छ । रबिले आफुलाई बिजयी बनाउन मोवाईल मार्फत एसएमएस र रेस्पेक्ट मोवाईल एप्लिकेशन मार्फत भोट गरिदिन आव्हान गरेका छन् । मोवाईलको म्यासेज बक्समा गएर रबिको भोटिङ कोड १० टाईप गरी ३१००९ मा भोट गरीदिन देश बिदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

भोट पौष ६ गते बेलुका ५ बजेसम्म मात्रै हाल्न पाईने भएकोले जतिसक्दो छिटो र जतिसक्दो धेरै भोट गरिदिन उनको अनुरोध छ । नेपाल आईडलको फर्म्याट अनुसार अडिसन हुदै त्यसपछिकाे लामाे यात्रा पार गर्दै सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पश्चिम पोखराका बिक्रम बराल र पूर्वको झापा बाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन् ।

फिनालेमा पुगेका ४ जनाबाटै नेपाल आइडलको टुंगो लाग्नेछ । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भैसकेका छन् । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए ।

-रगंपाटी


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...