Thursday 5th March 2026

संविधानले मत अभिमत पुर्ण राख्ने अधिकार दिएको छ


जयनारायण थारु- हुनत म कुनै आलोचक होइन म एउटा सच्चा देश भक्त नेपालि नागरिक हु एउटा सर्वभौम नागरिक को हैसियतले  लोकतन्त्र मा आफ्नो मत अभिमत पुर्ण राख्ने अधिकार संविधानले नै दिएको छ। वर्तमान अवस्थाको बारेमा भन्नेहो भने  देसमा अहिले जनता ले दिएको पुर्ण अभिमत को दुई तिहाई बहुमत को सरकार छ। राज्यसत्ता सन्चालन गर्न पुर्ण रुपले सक्ति प्रदान गरेको छ, देशलाई बिकास र समृध्दि गरि आर्थिक क्रान्ति , कृषिमा क्रान्ति गर्दै , जनता र देशलाई पर्निरभरता अन्त्य गर्ने मुख्य कार्यभार सुम्पेको छ , देश र जनताले वर्तमान राज्यासत्ता को बागडोर सम्हाल्ने ब्यक्ति हरुलाई ,भनिन्छनि – काग को बच्चा होकि कोइलि चरि को बच्चा  गुडमा भएको बच्चा को चुच्चो हेरेर नै थाहा हुन्छ हो  त्यस्तै देखिएको छ राज्य सत्ता को कार्य शैलि हरुलाई नियालेर हेर्दाखेरी

बास्तवमा देशलाई  समृद्धि र बिकास गर्दै जनता लाई आत्मनिर्भर बनाउन वर्तमान सरकार ( रज्यसत्ता) को वास्तविक युद्ध मैदान सरह नै हो , यहाँ देशलाई समृद्धि बनाउन ठुला ठुला कुरा , बेमौसमि बोलि उखान टुक्का , तर्कहिन अभिब्यक्ति र एक अर्कालाई दोसारोपन गरि आफुहरु शुद्ध दुध ले नुहाएर स्वच्छ भन्ने अरुले ३० वर्ष देखि बिगारेको काम हामि १ वर्षमा कहा सुधार गर्न सकिन्छ भनेर आफुहरुलाई पानी माथिको ओभानो बनेर तर्किन कहाँ छुट छ र यहा बिकास र समृद्धि गर्नु छ भने बोलेर होइन समस्या हरु सङ्ग लडेर मात्र समृद्धि नेपाल बन्छ।

कानुनमा बाधा अवरोध छ भने परिमार्जन गरेर हुन्छ कि सत्ता मा बसेर पनि सत्ता भित्र प्रतिक्रिया बादि हरुसंघ संघर्ष गरेर हुन्छ कि कसरि हुन्छ बिना सितिमा केहि काम नगरि केहि सङ्घर्स नगरि मुखमा आउने केवल झिङ्गा मात्र हो अझै भन्ने हो भने हाई ( निन्द्रा लाग्नु भन्दा अगाडि ) मात्र हो सफलता पाउनको लागि संघर्ष गर्नै पर्छ र जस्तो सुकै समयमा पनी एक्सन लीन सक्नु पर्छ अनी देस र जनता प्रति अडान लिनु पर्ने हुन्छ जनताले दिएको अभिमत को कदर गरेर अगाडि बढे  मात्र सम्भव छ समृद्धि र बिकास को युद्ध जित्नलाई

एउटा भनाई नै छ आजको दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको शुभारम्भ बाट नै थाहा हुन्छ/वर्तमान सरकार को प्रारम्भिक १ वर्ष बितेको हेर्दा र हरेक गतिविधि लाई नियाल्दा सत्ताको शक्तिले मान्छे मान्छेको मनभित्र दवित् आंकाक्षाको कपडा कसरी फुकालिदिन्छ मानिस कसरि नाङ्गिन्छ भन्ने जिउँदो जाग्दो  नाटकको भव्य मन्चन नेपालमा भइरहेको हामी आमजनताले पाईएको छ । 

राज्यसत्ताका  नन्दीभृंगीहरुले राज्य नांगिएको नभनिदिने र पर्खाल बाहिरका मानिसले भनेको राज्यसत्ता ले  नपत्याउने अवस्थाको निरन्तरता बाहेक आगामी दिनमा नागरिकले केही नपाउने निश्चित जस्तै भएको छ । खन्यो पहाड  निस्कियो मुसा , को निरन्तर पुनरावृत्ति ले देश भित्रका जनाता मात्र होइन, बिदेशमा बस्ने आम नेपालि जनता तथा तिनि हरुको नेता कार्यकर्ताकै धैर्यताको बाँध फुट्न सक्ने अवस्था न आउला भनेर नकार्न सकिन्न जनता रुपि धर्य को बाँध फुट्यो भने क -कसलाई बगाउला यसको उत्तरका लागि केही समय कुर्नुनै पर्नेछ।

वर्तमान सकार ले चुनावको बेलामा ल्याको चुनावि घोषणा पत्र – व्यवहारिक रुपमा पुष्टि होस नेपालि जनता मान्न तयार छन यदि वर्तमान दुई तिहाईको सरकारले आउँने ५ वर्षभित्र प्रतिव्यक्ति आय ५००० डलर कटाओस्, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण अन्त्य गरोस्, निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गरोस्, कमिसन र भ्रष्टाचार रोकोस्, भूमिसुधार कार्यक्रम लागू गरेर भूमिहीन, सुकुम्बासी, हलिया, कमैयाको समस्या हल गरोस् र देशमा हत्या हिन्सा को अन्त्य होस अनी मात्र सबै नेपालि जनताले शन्ति सुरुक्षाको प्रत्याभुत गर्न पाऊँन , उत्त्पडिनमा परेको जनता गास बास कपासको ब्यावस्था बाट बन्चित नहुन दिनानु दिन युवा शक्ति बिदेश पलायन लाई रोकि आफ्नै माटोमा इलम गर्न पाऊँन भन्ने दिशा तिर कहाँ हो कहाँ आफ्नै आसेपासे लाई काम भैरहेको छ वर्तमान नेतृत्व पङ्तिबाट त्यसैले यि सबै कुरा लाई मनन गरेर अगाडि बढे पूर्णरुपले सफल हुने छ वर्तमान राज्यसत्ता को बागडोर सम्हाले का नेतृत्व र नेपाल अनी मात्र नेपालि जनताले सधै जय जयकार गर्ने छन


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...