Thursday 15th January 2026

काठमाण्डाैंको बाैद्ध क्षेत्रमा अवैध रूपमा याैन व्यावसाय गर्ने १८ जना पक्राउ


तितोपाटी – काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनालाइ पक्राउ गरि अनुसन्धान पश्चात  उनीहरूविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले र जम्मुडाँडाबाट २७ वर्षीया अस्मिता थापामगरसहित १४ महिला र चार पुरुषविरुद्ध मुद्दा चलाइएको हो ।

मङ्सिर २२ गते पक्राउ परेका २७ जनाको बारेमा अनुसन्धान गरेपछि १८ जनाविरुद्ध मुद्दा चलाइएको हो । बौद्ध क्षेत्रको नयाँ बस्ती, जम्बुडाँडा र नारायणटारमा सञ्चालित होटल रेष्टुरेण्टको गतिविधिको अनुसन्धानका साथै छापा मारेर नियन्त्रणमा लिइएपछि आइतबार मुद्दा दर्ता गरेको चन्दले बताउनुभयो । प्रहरीको छापापछि बौद्ध, जोरपाटी, नारायणटार, नयाँ बस्ती र जम्बुडाँडाका होटल तथा रेष्टुरेण्टमा अवैध यौनजन्य गतिविधि हुने गरेको फेला परेको छ । रासस


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...