Thursday 15th January 2026

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको ब्रेन हेमरेज भएर मृत्यु


तितोपाटी – अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको गत बुधबार निधन भएको छ । उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी पुगेका मिलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको ‘हाम्रो कलेज’मा अध्ययन गर्न आएका उनी जम्मा २० वर्षका थिए ।

उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारीअनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । अधिकारीले चिकित्सकहरुको भनाइ उद्धृत गर्दै उनको मृत्युको कारण ‘ब्रेन हेमरेज’ भएको जानकारी दिए ।

उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।

शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...