Wednesday 14th January 2026

कुवेतमा कास्कीका दुर्गा बहादुरको हृदयघातबाट मृत्‍यु


हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्‍यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।

जन-जागृति युवा समाज कुवेतका कोष संयोजक राम बहादुर योन्जन तामाङले तितोपाटी डट कमसंग भने”हिजो शनिबार बिहानको काम सकेर करिब १२:०० बजे खाना खान कम्पनीकै कोठामा गएको र खाना खाएर सुतेको दुर्गा नउठे पछी साथीहरुले कोठामा गर्इ हेर्दा उनी मृत फेला परेका थिए।तत्काल कम्पनीले प्रहरीको सहयोगमा अस्पातल पुर्याए पछी उनको मृत्‍युलाई अस्पातलले पुष्टी गरेको थियो।घर छुट्टी जाने तयारीमा रहेका दुर्गाको घरमा एक छोरा मात्र रहेका छन।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने”दुर्गा बहादुर तामाङको हृदयघातबाट मृत्‍यु भएको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण आउन बाँकी छ।कानुनी प्रकृयाका लागि उनको शबलाई फर्वानिया अस्पातलमा राखिएको र कम्पनीका प्रतिनिधिले उनको शब नेपाल पठाउन आबश्यक सहयोग गरिरहेको हुँदा मृतकको परिवार संग समन्वय गरेर शबलाई छिट्टै नेपाल पठाइने छ।”


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...