Sunday 27th July 2025

गृहमन्त्री थापा र फ्रान्सेली राजदूतबीच भेटवार्ता


तीतोपाटी-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदूत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वास व्यक्त गरे । नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले  नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरिदिनका राजदुत लेजेलाई आग्रह गरे ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदूतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे । उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदूतसँग आग्रह गरे ।

राजदूत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबीच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनीहरुको सुरक्षाबारे चासो व्यक्त गर्दै राजदूत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए ।

विपद् व्यवस्थापन लगायतका अन्य क्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...