Saturday 17th January 2026

राष्ट्रपति भण्डारी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पोल्याण्ड जाने


तितोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणमा जाने भएकी छिन्।

पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पाँच दिवसीय भ्रमणका लागि मंसिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सम्मेलन मंसिर १७ देखि २८ गतेसम्म चल्नेछ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने मन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे। सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको भनाई छ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...