Wednesday 25th March 2026

मन्त्रीबाट बर्खास्त भएसँगै पार्टी सदस्यताबाट पनि निष्कासित भए सोडारी


तीतोपाटी- सुदुरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि निष्कासित भएका छन् । उनलाई पदीय मर्यादा विपरीत काम गरेको भन्दै नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ ।

यसअघि उनी मंगलबार नै मन्त्रीबाट बर्खास्त भएका थिए । खाली मन्त्री पदमा कैलाली क्षेत्र नम्वर ४ को ‘ख’ बाट निर्वाचित कृष्णराज सुवेदी मंगलबार नै नियुक्त भएका छन् । तत्कालीन नेकपा (एमाले) कैलालीको अध्यक्षसमेत रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...