Sunday 18th January 2026

मन्त्रीबाट बर्खास्त भएसँगै पार्टी सदस्यताबाट पनि निष्कासित भए सोडारी


तीतोपाटी- सुदुरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि निष्कासित भएका छन् । उनलाई पदीय मर्यादा विपरीत काम गरेको भन्दै नेकपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ ।

यसअघि उनी मंगलबार नै मन्त्रीबाट बर्खास्त भएका थिए । खाली मन्त्री पदमा कैलाली क्षेत्र नम्वर ४ को ‘ख’ बाट निर्वाचित कृष्णराज सुवेदी मंगलबार नै नियुक्त भएका छन् । तत्कालीन नेकपा (एमाले) कैलालीको अध्यक्षसमेत रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...