Saturday 17th January 2026

सिण्डिकेट अपराध हो, अपराधीलाई सजाय हुन्छ : गृहमन्त्री थापा


तीतोपाटी-गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधिलाई कार्वाही गरिने बताउनुभएको छ ।

म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालीत सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताउनुभयो । उहाँले सिण्डिकेट गर्नु गैरकानुनी भएको र आपराधिक गतिविधि भएको कारण अपराधीलाई राज्यले सजाय दिने आश्वासन दिनुभयो ।

यातायातका क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य र व्यवस्थापनका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले देशको सबै ठाउँमा सिण्डिकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डिकेटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सिण्डिकेट यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायत सबै ठाउँमा छ, सबै मिलेर यसको अन्त्य गर्नुपछ ।’

देशलाई गरिबी र दरिद्र बनाउन सिण्डिकेटले भूमिका खेलिरहेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य भएको बताउनुभयो ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...