Sunday 27th July 2025

राहदानी बनाउने बढे


तीतोपाटी- नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् ।

राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले विदेश जाने युवा राहदानी बनाउन आउने क्रम बढेको बताउनुभयो । नयाँ आर्थिक वर्ष शुरु भएदेखि कात्तिकको तेस्रो हप्तासम्मको विवरणअनुसार जिल्लामै राहदानी बनाउनेको सङ्ख्या एक हजार ५३४ र सिफारिश लिएर जाने ८६२ गरी जम्मा दुई हजार ३९६ राहदानी बनेको छ ।

कार्यालयका अनुसार गत वर्ष चार हजार ९६९ वटा राहदानी जिल्लामै बनेको थियो । सिफारिश एक हजार ८८४ गरी जम्मा छ हजार ८५३ वटा राहदानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...