Wednesday 25th March 2026

अमेरिकामा बसेर राजनीति नगर्नुस् : मुख्यमन्त्री राई


तीतोपाटी- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले आफ्नो कुनै संलग्नता नभएको घटनामा नाम जोडेर अनावश्यक समाचार आएकोमा दुःख ब्यक्त गरेका छन् ।

व्यक्तिगत भ्रमणका लागि अमेरिका आएका मुख्यमन्त्री राइले शनिबार बिहान पत्रकारहरूसंगको कुराकानीका क्रममा पत्रकार लोकमणि राइमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो मात्र नभै सहयोगीको समेत कुनै संलग्नता नरहेको बताए । न्यूयोर्कमा म पुगेर बाल्टीमोरमा शहरमा थिए तर ‘हाम्रो नाम जवरजस्ती तानिएको छ, म अचम्ममा परेको छु’ बैंकक फर्कनु अगाडिको कुराकानीमा भने ।

स्वास्थ परीक्षणका लागि बैंकक आएको र परीक्षणपछि रिपोर्ट आउन एक साता लाग्ने भएकाले भेटघाटका लागि अमेरिका अएको उनले बताए ।

आफ्नो भ्रमण प्रदेश नम्बर १ को मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको भएपनि अनावश्यक रुपमा बिनास्वीकृत भएको भनेर हल्ला गर्नु नियोजित भएको उनको भनाई छ ।

भ्रमणलाई अनावश्यक हल्ला गरेका मान्छेहरूले नै न्यूयोर्कको आफ्नो कुनै संलग्नता नभएको घटनालाई नाम जोडेर हल्ला गर्नु नितान्त राजनीतिक पूर्वाग्रह भएको राईले बताए ।

न्यूयोर्कमा पिटाइ खाएको भनिएका पत्रकार लोकमणि राइको नाम आफूले सुनेको भएपनि नचिनेको मुख्यमन्त्री राईले बताएका छन् ।

आफूले कुन पत्रकारले अमेरिकामा के समाचार लेखे या कहाँ लेखे भन्ने बिषयमा केही नहेरेको र कुनै अपडेट नभएको तर मैले नै समाचार लेखेको भरमा मान्छे पठाएर पिट्न लगायो भन्नु पित पत्रकारिताको पराकाष्ठ भएको मन्त्री राईको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...