Saturday 17th January 2026

सरकारद्वारा भारत, मलेसिया र युएर्इका लागि राजदूतहरू सिफारिश


तितोपाटी – नेपाल सरकारले  भारत, मलेसिया र युएर्इका लागि राजदूतहरू शिफारिश गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो ।

सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेन ।

मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।

सरकारले औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताए ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...