Thursday 26th March 2026

कुवेतको नेपालीहरूको तिहार


बसन्त थापा, कुवेत- तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै कुवेतमा कार्यरत नेपालीले आ आफ्नो क्षत्रबाट टीका थापेका छन् । 

दिदीबहिनीले दाजुभाइप्रति निष्ठा र दिर्घायुको आशिष तथा दाजुभाइले सक्दो दानदक्षिणा गरी दाइभाइ र दिदीबहिनी बनेर यहा“का नेपालीले विविधतामा एकताको सन्देश दिएका हुन् । 

त्यसरी नै नेपाल कुवेत सांस्कृतिक मंच कुवेतले देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा संस्थामा आवद्ध , रहेका तथा अन्य व्यक्तिहरूको सामूहिकरूपमा कलाकारहरुले गीत, नृत्यका साथै देउसीभैलो कार्यक्रम गरी तिहार भब्यरूपले मनाएको आयोजकले जानकारी दिएको छ

कुवेत स्थित धेरै स्थानमा समूह बनाएर सामूहिकरुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउने र  परम्परागत महत्व झल्काउन एकापसमा को कहा“बाट आएको र के जात हो भनेर कसैले सोधेनन्  भने जानेको नेपाली कला संस्कार प्रस्तुत गरी देशमा दिगो शान्तिको कामना गरेका छन् । 

एकताको सन्देश दिन नचिनेको र टाढाको सम्बन्धलाई एकापसमा टीका लगाएर नजिक बनाउने प्रयास गरिएको योपटकको भाइटीका साइत छिटो भएकाले धेरैले कुवेती समयअनुसार बिहान ११ पछी टिका लगाए । 

बढ्दो नेपालीको उपस्थितिसँगै फरवानिया, फाहिल, जिलिब, लगायतका स्थानहरूमा नेपालीले पञ्चाङ्ग निर्णायक समितिको साइत ११ बजेर ५५ मिनेटको शुभकार्य रहेता पनी कुवेतमा भने कुवेतको समयअनुसार ११ बजे टीका लगाएका हुन् । 

कार्य व्यस्त रहेकाले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टीका लगाएको कतीपयले भने सही समयमा टिका लगाएको दृष्य सामाजिक सञ्जालमा देख्न सकीन्छ।

नेपालीले नेपालमा जस्तै सेलरोटी,फिनी, लड्डु, रसबरीलगायतका मीठा परिकार बनाएको र मादल, गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा निकै उत्साहित भएका थिए । 

तिहारलाई लक्षित सप्तरंगी फूल, टीका, माला र मीठा परिकार बाहिरै बिक्रीका लागि राखिएको थियो भने उक्त समाग्रि किन्नेहरूको उत्तिकै भीड देखीन्थ्यो।

यसै क्रम्मा पत्रकार महासंघ साखा कुवेतका अध्यक्ष हरीकृष्ण न्यौपानेका अनुसार अरु वर्ष भन्दा यस पालिको तिहार कुवेतमा कार्यरत नेपाली हरूले भव्यरूपमा मनाएको बताउएका छन, आगामी वर्षहरूमा पनी नेपालीले यसरीनै एक एकापसमा भाईचरा क़ायम राख्न सम्पूर्ण नेपाली हरूलाई अनुरोध गरेका छन। 


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...