Wednesday 14th January 2026

कुवेतमा भारी वर्षा,वर्षाका कारण सार्वजानिक बिदाको घोषणा


बसन्त थापा,कुवेत/कुवेतमा भारी बर्षाको कारण मंगलवारको दिन कुवेतमा कुवेत सरकारले सर्वजानिक बिदा दिने घोषणा गरेको छ। 

सोमबार देखी सुरु भएको वर्षात मंगलबार बिहान सम्म जारी रहेको थियो,रातभरिको बर्षाको कारण कुवेतको बिभिन्न स्थान हरुमा कुवेत यरवेज द्वारा अप्रेशन जारी रहेको साथ साथै मौसम विज्ञान विभागका सरकारी निकायहरू र बिभागहरू द्वारा लागु गरिएको भारी बर्षा बाढीको कारण सर्वजनिक र निजी बिद्यालयहरू साथै बिश्वबिधालयहरू र शैक्षिक संस्था हरू बन्द रहने बताएका छन।

त्यस्तै आग्नि सेवा र गृहमन्त्रालयका अधिकारी हरूले बाढी आएको क्षत्रमाहरूमा उद्धार कार्यमा निरन्तर लागी रहेका छन।

उक्त बाढीको कारण हाल सम्म भने कुनै मानवीय क्षति भने भएको छैन।

बाढी आएको समय घरबाट बाहीर निस्कन तथा बाढीका राजमार्ग हरूमा आवतजावत र लामो दुरीको यात्रा समेत नगर्न कुवेत सरकारले निर्देशन दिएको छ।

साधारण अवस्थामा भन्दा वर्षाको समयमा बाटोको प्रतिकृया भिन्न हुने हुदाँ सवारी दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ । कुवेतमा यो हप्ताभरि नै वर्षाको सम्भावना रहेको हुँदा सवारी चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ । 

कुवेतले ७५ देखी १५० मिलीलीटर औषत बर्षात (वार्षिक २९५९५९० प्राप्त गर्दछ) सोमवार परेको वर्षाको भने अझै सम्म रिपोर्ट गरीएको छैन

हालसालै आन्तरिक मन्त्रालय अन्तर्गतको जनसरोकार विभागले सवारी सुरक्षाको लागि आफ्नो समाजिक सन्जाल मार्फत दिएको सावधानीको उपायहरु यस्ता छन

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा एसी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

भारी वर्षा पछि सवारी अावागमनमा असहज भएको पुष्टि गर्ने केही भिडियोहरू


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...