Wednesday 25th March 2026

कोरियामा एक नेपाली कामदारको हृदयघात पछि उपचारको क्रममा मृत्यु


तितोपाटी – कोरियामा एक नेपाली कामदारको उपचारको क्रममा मृत्यु भएको छ । दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामी शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करीब एक महिनाअघि हृदयघात भएपछि उपचार गराइरहेका थिए ।

अस्पताल भर्ना भएदेखि नै घाँटीभन्दा माथिको भाग नचलेका शेर्पालाई शुक्रबार विहान आठ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ४३ वर्षीय शेर्पा २०१६ मा कोरिया आएका हुन् ।

शेर्पाको शव नेपाल पठाउन र अस्पतालको खर्चको लागि दोलखा समाजको नेतृत्वमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ । अस्पतालको उपचार खर्च ४ करोड वन (करिब रु. ४० लाख) पुगेको छ । शनिबार र आइतबार दुई दिन मात्र आर्थिक संकलन गरिने समाजका अध्यक्ष सुरज केसीले बताए ।

शेर्पाको शव जिन्जु शहरबाट सउल सारिने तयारी भइरहेको छ । उपचारका क्रममा अमेरिकाबाट आएका शेर्पाका बहिनीको सहमतिमा शवलाई नेपाल पठाउन लागिएको हो ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...