Saturday 28th March 2026

नेपाली राजदूतावास कुवेतले नोभेम्बर १६ का दिन मेट्रो मेडिकल फर्वानियामा निःशुल्क स्वास्थ्य शिवर गर्ने


तितोपाटी – नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास कुवेतको अायोजना तथा मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको फरवानिया सहर स्थित मेट्रो मेडिकल सेन्टरमा उक्त दिन बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको हो ।

राजदूतावासको सूचनामा जनाइए अनुसार इच्छुक व्यक्तिहरूले निःशुल्क स्वास्थ्य परिक्षणको लागि अग्रिम रूपमा नेपाली राजदूतावासमा परिक्षण गर्ने व्यक्ति अाफैं उपस्थित भएर वा टेलिफोन सम्पर्क गरी अाफ्नो नाम दर्ता गर्न सकिने छ भने निःशुल्क स्वास्थ्य परिक्षणको लागि कुवेतको  अावासिया भिसा (सिभिल अाइडी ) अनिवार्य भएको दूतावासले जनाएको छ । फोन मार्फत बिरामीको नाम दर्ता गराउनको लागि राजदूतावासको टेलिफोन नंं. हरू – २५३२१६०३/२५३२१६०४/२५३२१६०५ वा  राजदूतावासको हटलाइन मोवाइल ९८८६९१२१ मा सम्पर्क गर्न सकिने पनि नेपाली राजदूतावासले सबैमा सूचित गरेको छ ।

स्वास्थ्य परिक्षणको लागि नोभेम्बेर १६ तारिक बिहान खाली पेटमा फरवानिया ब्लक – ३ स्थित मनावर स्ट्रीटमा Mr. Baker नजिकै रहेको मेट्रो मेडिकल केयरमा अाउन सकिने, लोकेसनको जानकारीको लागि मेट्रो मेडिकल केयरमा पनि  सम्पर्क गर्न सकिने जनाउँदै मेट्रो मेडिकलका टेलिफोन नंं. हरू – २४७३१८८८ र २४७३१७७७ समेत दूतावासको सूचनामा उपलब्ध गराइएको छ ।

दूतावासको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...