Sunday 29th March 2026

कुवेत आएको ४ महिनामै हृदयघातबाट एक नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने – रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्‍यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्‍यु भएको हो।

राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा कुवेतको अल टेक्निया फर्निचर कम्पनीमा काठको काम गर्ने(कार्पेन्टर)का रुपमा चार महिना पहिला मात्र कुवेत आएका हुन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकम संग भने”२९ सेप्टेम्बरका दिन अश्वस्थ भए पछी जहारा अस्पातल पुर्याइएका दासलाई ब्लड प्रेशर बढे पछी हृदयघातका कारण मृत्‍यु भएको हो।लिङ्देनले थपे” मृतकका भाई पनि कुवेतमै भएको र मृतकको कम्पनीले पनि आबश्यक सहयोग गरिरहेको हुनाले बाँकी कानुनी प्रकृया पुरा गरेर मृतको शबलाई छिट्टै नेपाल पठाउन नेपाली दुताबासले काम गरिरहेको छ।”

मृतक तात्माको घरमा श्रीमती, तीन छोरा र एक छोरी रहेका छन।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...