Wednesday 25th March 2026

दक्षिण कोरियामा पत्रकार महासंघको अधिवेशन सम्पन्न, अध्यक्षमा कुंवर


तितोपाटी – नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको अध्यक्षमा रंजनराज कुवँर निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा मंगलबार राजधानी साैलमा सम्पन्न छैठौँ अधिवेशनबाट कुवँर अध्यक्षतामा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा एकदेव (सन्दीप) पाण्डे र कुवँर बीच प्रतिस्पपर्धा भएको थियो । अध्यक्ष मतदानमार्फत चयन भएपनि अन्य पदहरू भने सर्वसम्मतिबाट चयन गरिएको थियो। अधिबेशनमा जम्मा ४२ मतदाता रहेकोमा ३४ जना मतदाताको उपस्थिति रहेको थियो। ३४ मध्ये १८ मत रन्जन कुवंर को पक्ष मा खस्यो भने १६ मत सन्दिप पाण्डेको पक्षमा खसेको थियो।

शाखाको बरिष्ठ उपाध्यक्षमा किसन गौतम, उपाध्यक्षहरूमा रेश्मा राई र दुर्लभ पोखरेल, कोषाध्यक्षमा बबिता वली (क्षेत्री) महासचिवमा मिन बिके, सचिवमा निकुञ्ज तिवारी र केशब पोखरेल र सदस्यमा कृष्ण शर्मा, सविना कार्की, हरि अधिकारी, कृष्णप्रसाद न्यौपाने, गुरुदत्त न्यौपाने, बामदेव देवकोटा निर्वाचित भएका छन्।

अधिबेशनबाट केन्द्रीय पार्सदहरूहरूमा खेम कार्की, डा. किशोर कोइराला, डम्बर सुब्बा र यम श्रीस मगर चयन भएका छन् ।

नयाँ निर्वाचित कार्यसमितीलाई निर्वाचन आयोगका प्रमुख रूद्र शर्माले सपथग्रहण गराएका थिए ।

यसै बिच दक्षिण कोरियास्थित नेपाल पत्रकार महासंघ शाखाको छैटौँ महाधिवेशनमा पूर्व परराष्ट्र सहायकमन्त्री समेत रहेका कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ्गबहादुर सिंहले आफुलाइ कार्यक्रमको प्रमुख अथिती नबएको भन्दै आक्रोशित बनेका छन।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा राजदूत सिंहलाई विशिष्ठ अतिथिको रुपमा निम्त्याइएको थियो। निर्धारित समयभन्दा १ घण्टापछि मात्र कार्यक्रममा पुगेका उनी आफूलाई प्रमुख अतिथि नबनाइएकोमा आक्रोस पोखेर तत्काल कार्यक्रमबाट बाहिरिएको बुझिएको छ ।

पत्रकार महासंघ कोरियाको के नियत हो यो? राजदूत प्रोटोकलमा दशौँ नम्बरमा पर्छ’अनुहार रातो पार्दै उनले प्रश्न गरे‘त्यसलाई तपाईंहरुले ख्याल गर्नु पर्दैन?’ यति भन्दै उनले पत्रकार महासंघका अध्यक्षलाई प्रमुख अथितिका रुपमा बोलाइएपछि आफूलाई पनि बोलाएर पत्रकार महासंघ कोरिया शाखाले अपमान गरेको दावी गरे। ‘केन्द्रीय सभापतिलाई बोलाइसक्नु भएको छ भने तपाईंहरुले मलाई बोलाउनु पर्ने आवस्यकता थिएन’उनले भने‘आइन्दा यस्तो प्रकारको गल्ती भयो भने दुतावासलाई स्वीकार्य हुँदैन।’

राजदूतले अाक्रोस पोखेको भिडियोः


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...