Sunday 21st December 2025

मलेसियामा गैरकानूनी रूपमा बसेका ४७ नेपाली कामदार पक्राउ


तितोपाटी – मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ ।

हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ । पक्राउ परेका कतिपय एउटै कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...