Wednesday 11th February 2026

मलेसियामा गैरकानूनी रूपमा बसेका ४७ नेपाली कामदार पक्राउ


तितोपाटी – मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि प्रकृयामा नआउनेहरुलाई पक्राउको अभियान चलाएको छ ।

हालै साइवरजयाको एक कम्पनीमा छापा मारी २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेसियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका र बाँकी अन्य देशका नागरिक भएको बताइएको छ । पक्राउ परेका कतिपय एउटै कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ ।


सम्बन्धित शीर्षकहरु

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

साउदी अरबका रक्षामन्त्री तथा युवराज खालिद बिन सलमानले राजधानी रियादमा ‘विश्व रक्षा प्रदर्शनी (World Defense Show – WDS 2026)’ को…

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

प्रतिकृयाहरू
...