Thursday 6th November 2025

वीर अस्पतालको इमर्जेन्सी स्वयंसेवीले चलाउने, स्वास्थ्यकर्मी भने तलब मात्र खाने !


तितोपाटी – देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ ।

दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा ३२ जनाको दरबन्दी र विशेषज्ञ चिकित्सक सहित ५० जना अर्थात दरबन्दीभन्दा बढी कार्यरत छन् । तर, बिरामीको उपचार भने स्वयमसेवी स्वास्थ्यकर्मीको जिम्मामा छ ।

इन्टर्नसीपमा गएका स्वयमसेवीले उपचार गर्दा विरामी तलमाथि भए कसले जिम्मा लिने ? अस्पतालका कर्मचारीले पटक पटक व्यवस्थापन समक्ष यो प्रश्न राख्दा उच्च पदस्थहरु नै जवाफबिहीन छन् ।

पहुँचवाला स्वास्थ्यकर्मी र कर्मचारी कमाउ अड्डामा बसेपछि उनीहरुको सरुवा गर्नसमेत व्यवस्थापनले सक्दैन । आकस्मिक कक्षमा दरबन्दी भए पनि पहुँचवाला स्वास्थ्यकर्मीहश्ररु मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाइमा छन् ।

नर्सिङ कर्मचारी पनि स्टोर र खरिदमा अड्डा जमाएर बसेकाले वार्डमा नर्सिङ स्टाफ नै नपुगेको अस्पताल स्रोतले जनाएको छ ।

वीर अस्पतालमा पछिल्लो समय बिरामीको संख्यामात्र बढेको छैन, अत्याधुनिक उपकरणहरु पनि थपिएका छन् । अस्पताल निर्देशक डा. भुपेन्द्र बस्नेत आफैं लागेर अस्पतालको गुणस्तर बृद्धि गर्न खोजे पनि रैथाने कर्मचारी र स्वास्थ्यकर्मीले पहुँच लगाएर कमाउ अड्डामा डेरा जमाएका छन् ।

थपिएका आधुनिक उपकरण चलाउन अहेब र सटाफ नर्स आवश्यक छ र तर खरिदमा र स्टोरमा भएका अहेब तथा नर्सहरुलाई सरुवा गर्न खोज्दा राजनीतिक पावर लगाउने गरेको गुनासो उच्च अधिकारीहरुको छ ।

न्याम्सका उपकुलपति र निर्देशकभन्दा बलिया स्वास्थ्यकर्मीका कारण इमरजेन्सीमा दरबन्दी भए पनि स्वास्थ्यकर्मी नभेटिएको एक कर्मचारीले बताए ।

खरिद,जनरल स्टोर जस्ता इकाइमा दुई वर्षमा कर्मचारी सरुवा हुने गरे पनि चार वर्षदेखि एउटै व्यक्तिको रजाइ चलेको आरोप कमृचारीले लगाएका छन् । यसअघि दरबन्दी बढि भयो भनेर कटाउँदा राजनीतिक शक्ति प्रयोग गरेकाहरुले सरुवा रोक्न पनि दलबल प्रयोग गरेको कर्मचारी बताउछन् ।

वीर अस्पतालका खरिद र स्टोरबाट भएको अनियमितता बारे अख्तियार, सतर्कताकदेन्द्रदेखि मन्त्रालयसम्म स्वास्थ्यकर्मीले उजुरी गरे ।

सतर्ककताले छानबिन गरेर प्रतिवेदनसमेत तयार पारेको छ । सबैभन्दा बढी अनियमितता खरिद र स्टोरमा भएको पाइएको छ ।

तत्कालीन उपकुलपति गणेश गुरु र खरिद प्रमुख भगवती थपलियालाई सिटीस्क्यान मेशिन खरिदमा अनियमितता गरेको भनेर सतर्कता केन्द्रले कारबाहीको सिफारिससमेत गरिसकेको छ । महालेखाले समेत आफ्नो प्रतिवेदनमा सो अनियमितता औंल्याएको थियो ।

सतर्कता केन्द्रले गरेको अनुसन्धानमा एउटै व्यक्ति वर्षौसम्म जिम्मेवारीमा रहँदा खरिद, टेण्डर लगायतका प्रक्रियामा अनियमितता देखिएको उल्लेख छ । तर, अनियमिततामा संलग्न कर्मचारीलाई सरुवा गर्न अस्पताल प्रशासन असफल भएको आरोप लागेको छ ।

पछिल्लो समय वीर अस्पतालका स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा भन्दा प्रशासनिक जिम्मेवारीमा जान खोज्ने प्रवृति बढेको छ ।

खरिद, स्टोरलगायतका शाखामा बस्दा राम्रो कमाइ हुने भएकाले इमरजेन्सी लगायतका सेवा स्वयंसेवक स्वास्थ्यकर्मीको भरमा चलेका छन् ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...