Monday 23rd March 2026

प्रधानमन्त्री अोली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाँदै


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ ( शनिबार) गते अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने छ। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आजबाट न्यूयोर्कमा सुरु भएको छ।

महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट मात्र शुरु हुने र प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको स्रोतले बताएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...