Monday 6th October 2025

प्रधानमन्त्री अोली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाँदै


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ ( शनिबार) गते अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने छ। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आजबाट न्यूयोर्कमा सुरु भएको छ।

महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट मात्र शुरु हुने र प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको स्रोतले बताएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...