Monday 6th October 2025

कञ्चनपुरकी निर्मला हत्या प्रकरणमा प्रहरीले पक्रेका बिष्ट र बडु दुबै निर्दोष


तितोपाटी – कञ्चनपुरमा भएको १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्याको मुद्दामा प्रहरीले पक्रेका मुख्य अारोपी भनिएका दिलीप सिंह बिष्ट र चक्रदेव बडु दुबै निर्दोष सावित भएका छन् । उनीहरूको डिएनए परिक्षण पश्चात उनीहरू कसुरदार नभएको प्रमाणित भएको हो ।  निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएको भोलीपल्ट अाज बालिका निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेर ११ दिनसम्म हिरासतमा राखिएका अर्का युवा चक्रदेव बडुको पनि डिएनए रिपोर्ट नेगेटिभ निस्किएको हो।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खेमराज भट्टका अनुसार नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डिएनए परीक्षण रिपोर्टबाट उनी पनि निर्दोष सावित भएका हुन् ।

प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएर डिएनए टेस्टका लागि रगत पठाइएका चक्रदेव बडूको डिएनए पनि नमिलेको न्यायधीवक्ता भट्टले बताए । प्रहरीले दिलीपसिंहलाई पक्राउ गर्नुअघि बडूलाई हिरासमा लिएर घटना सकार्न भन्दै यातना समेत दिएको बडूले यसअघि नै बताइसकेका छन् ।

निर्मलाको शव भेटिएको स्थानबाट केही सय मिटरको दुरीमा घर रहेका बडूलाई प्रहरीले दिलीपसिंहलाई भन्दा पहिले मुख्य अभियुक्त बनाउने प्रयाससमेत गरेको थियो । तर उनले त्यस घटनामा आफ्नो संलग्नता नरहेको अडान राखेपछि डिल्लीराज विष्ट कञ्चनपुरको प्रमुख रहेकै बेला उनलाई रिहा गरिएको थियो ।

अर्कातिर विधि विज्ञान प्रयोगशालाले विष्टको डिएनए निर्मलाको योनीमा भेटिएको डिएनएसँग नमिलेको प्रतिवेदन दिएपछि उनलाई मंगलबारै जमानतमा रिहा गरिएको छ। विष्टसँगै बम दिदीबहिनी पनि मंगलबार रिहा भइसकेका छन् ।

प्रहरीले मंगलबार रोशनी बमलाई सामान्य जमानत र बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा जिल्ला सरकारी वकिल कार्यालयबाटा रिहा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...