Monday 30th March 2026

कुवेतमा ८ महिना देखी गुल्मीका नारायण बेपत्ता, खोजीको लागि परिवारको आग्रह


हरि कृष्ण न्यौपाने – रोजगारीका क्रममा कुवेतमा करीब ८ बर्ष देखी कार्यरत इस्मा राजस्थल-२, गुल्मीका नारायण सार्की करिब ८ महिना देखी एका-एक बेपत्ता भएका छन। उनी परिवार र सम्पूर्ण आफन्त देखी सम्पर्क बिहिन भए पछी नारायणको खोजीका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, कुवेतमा कृयाशिल नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु, सम्पूर्ण मिडिया र नेपालीहरुमा आग्रह गरेका छन।

नेपाल तामाङ घेदुङ कुवेतका पूर्व अध्यक्ष तथा बर्तमान केन्द्रिय सदस्य राम लामा घलान मार्फत सम्पर्कमा आएका कुवेतमै कार्यरत नारायणका दाजु बसन्त बहादुर सार्कीले तीतोपाटी डट कम संग भने”केही बर्ष पहिले छुट्टी गएर आएका भाई नारायण नियमित परिवार संग संपर्कमा रहन्थे।कुवेतको G.S.( जि.एस.कोरियन कम्पनी) मार्फत KNPC(केएनपिसी)मा कार्यरत भाई नारायण करिब ८ महिना देखी कसैको संपर्कमा पनि छैनन। गुर्मानिया इन्टरनेशनल युबा रेस्टुरेन्टमा कार्यरत बसन्तले भने”म मलेशियामा कार्यरत रहदा नै भाईले कम्पनी परिवर्तन गर्ने कुरा गर्थ्यो।तर बिगत ८ महिना देखी आँफै बेपत्ता भयो।उनले थपे”म कुवेत आए पछी भाईको कम्पनीमा गए तर कतै पत्ता लाग्न सकेन।”

घरमा ५ बर्षिय छोरो, श्रीमती, बुवा-आमा सबै नारायण बेखबर भए देखी अत्यान्तै चिन्तित छन।यदी तपाईंले फोटोमा देखिएका नारायण सार्कीलाई कुवेतमा देख्नु भएको छ र चिन्नु हुन्छ भने बसन्त बहादुर सार्की फोन नं-६६८२३४८९ वा कोसेली समुह(तीतोपाटी डट कम)मा खबर गरी सहयोग गरिदिनु होला।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...