Sunday 22nd March 2026

निगमकाे वाइडबडी खरिदमा भएकाे अनियमितताकाे छानबिन गर्न सांसद लिङ्देनकाे माग


तीतोपाटी- सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी खरिद गर्दा भएकाे अनियमितताकाे छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

संघीय संसदमा अाज प्रधानमन्त्री अाेलीसमक्ष सांसद लिङदेनले प्रधानमन्त्रीकाे मुख्य मुद्धा भ्रष्ट्राचारकाे विषय भएकाे भन्दै नेपाल वायु सेवा निगमकाे कुरा उठाएकाे बताए ।

उनले भने, “वाइडबडि खरिदमा अत्यन्तै भ्रष्ट्राचार भएकाे कुरा अाइरहेकाे छ,समय अभावले म सबै कुरा भन्न त सक्दिन तर अर्बाैंकाे भ्रष्ट्राचार भएकाे छ, छानबिन गर्न प्रधानमन्त्रीलाई सहयाेग हाेस् भनेर याे विषय उठाएकाे छु । ”

साथै उनले गत असार २८ गते संसदमा  उठाएकाे स्वीस बैंकमा नेपालकाे अर्बाैं रकम रहेकाे कुरा स्मरण गराउँदै नेपाली पैसाबारे  छानविन गर्न पनि माग गरे ।

लिङदेनले  सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए  ।

यसअघि  महालेखाको प्रतिवेदनले पनि  नेपाल वायु सेवा निगमकाे २ वटा एयरबस  खरिदमा अनियमिता भएको ठहर गरेकाे थियाे ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...