Thursday 15th January 2026

निगमकाे वाइडबडी खरिदमा भएकाे अनियमितताकाे छानबिन गर्न सांसद लिङ्देनकाे माग


तीतोपाटी- सांसद राजेन्द्र लिङ्देनले नेपाल वायु सेवा निगमकाे वाइडबडी खरिद गर्दा भएकाे अनियमितताकाे छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

संघीय संसदमा अाज प्रधानमन्त्री अाेलीसमक्ष सांसद लिङदेनले प्रधानमन्त्रीकाे मुख्य मुद्धा भ्रष्ट्राचारकाे विषय भएकाे भन्दै नेपाल वायु सेवा निगमकाे कुरा उठाएकाे बताए ।

उनले भने, “वाइडबडि खरिदमा अत्यन्तै भ्रष्ट्राचार भएकाे कुरा अाइरहेकाे छ,समय अभावले म सबै कुरा भन्न त सक्दिन तर अर्बाैंकाे भ्रष्ट्राचार भएकाे छ, छानबिन गर्न प्रधानमन्त्रीलाई सहयाेग हाेस् भनेर याे विषय उठाएकाे छु । ”

साथै उनले गत असार २८ गते संसदमा  उठाएकाे स्वीस बैंकमा नेपालकाे अर्बाैं रकम रहेकाे कुरा स्मरण गराउँदै नेपाली पैसाबारे  छानविन गर्न पनि माग गरे ।

लिङदेनले  सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न माग गरेका थिए  ।

यसअघि  महालेखाको प्रतिवेदनले पनि  नेपाल वायु सेवा निगमकाे २ वटा एयरबस  खरिदमा अनियमिता भएको ठहर गरेकाे थियाे ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...