Saturday 11th October 2025

कुवेतमा फेरी एक नेपालीको सडक दुर्घटनामा मृत्‍यु


हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो।
राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्‍यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी संग भने,” कम्पनीको आबासमा पनि केही समय देखी नआएको र काममा पनि नगएकोले साथीहरु र कम्पनीले खोजी गर्दै जाँदा रायमाझी सडक दुर्घट्नामा मृत्‍यु भएको तथा उनलाई प्रहरीले कुवेतको फर्वानिया अस्पातल पुर्याएको पत्ता लागेको थियो।उनले थपे” मृतक रायमाझीको शब पठाउनको लागि र क्षतिपुर्ती परिवार सम्म पुर्याउनको लागि कम्पनी र सम्बन्धित निकाय संग समन्वय भईरहेको छ।साथै मृतकको आफ्नै बहिनी कुवेतमा रहेको र दुताबासको संपर्कमा आएको तथा उनले आफ्नो दाईको शब हेर्न चाहनु भएकोले १-२ दिनमा उनलाई लिएर शब राखेको फर्वानिया अस्पातल जाने सचिबले बताए।

एउटै कम्पनी कार्गो ट्रान्सपोर्ट कम्पनीमा कार्यरत मृतक रायमाझीका साथी सुरेश मगरले भने टुक बहादुर एक्कासी हराए पछी हामी सबै खोजीमा लागेका थियौं तर अन्तमा उनलाई त हिडिरहेको अवस्थामा कारले ठक्कर दिएर मृत्‍यु भएको भन्ने सुन्दा हामी स्तब्ध र दुःखी छौ।

यसै बिच कुवेतमा अगस्ट-२०१८को एक महिनामा ५ जना नेपालीको मृत्‍यु भएको छ।दिन-दिनै कुवेतमा नेपाली कामदारहरुको संख्या बढे संगै मृत्‍यु हुने क्रम पनि बढीरहेको छ।कुवेत तथा खाडी राष्ट्रहरुमा बिशेष गरी सडकको बाटो काट्दा बिशेष ध्यान पुर्याउन नसक्नाले सडक(सबारी)दुर्घट्ना,खानपान र शारिरिक ब्यायममा बिशेष ध्यान नपुर्याउदा हृदयघात जस्ता कारणले नेपालीहरुको मृत्‍यु हुने गरेको छ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...