Wednesday 25th March 2026

अमेरिकी योजना अायोगमा नेपाली मुलका व्यक्तिको प्रवेश


तितोपाटी – २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन्। ७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन्।

और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेरका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्त गरिएको हो। योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। नागरिकसँग कुरा गर्दै खनालले आफुले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफुले थप काम गर्ने बताए। अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि सुरुमा निवेदन दिएर अन्र्तवार्ता पास गर्नुु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति प्रकृया छ। आयोग सदस्य खनाल सन् १९९८ मा चितवनबाट अमेरिका आएका थिए।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...