Sunday 22nd March 2026

बैदेशिक रोजगारका एजेण्टको हट्ने क्रमजारी


तीतोपाटी-सरकारले म्यानपावरका एजेन्टलाई खारेज गर्ने तयारी गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तरगत एजेन्टलाई राख्न पाउने कानुनी प्रावधान नै हटाउन लागिएको प्रस्ताव गरिएको छ । अब म्यानपावरलाई जिल्लास्तरमै शाखा कार्यालय विस्तार गर्न अनुमति पनि दिइँदैछ ।

मन्त्रिपरिषदमा विचाराधीन यो ऐन संसदबाबाट पारित भएपछि एजेन्टहरु स्वतः खारेज हुनेछन् । वैदेशिक रोजगारीमा ठगीको प्रमुख कारक मानिएका एजेन्टलाई खारेज नै गर्ने गरी सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागेको हो ।

अहिले जिल्ला जिल्लामा अनुमति नै नलिई पनि एजेन्टहरु म्यानपावरकै रुपमा कार्यालय खोलेर पनि बसेका छन् । तराई क्षेत्र र पूर्वी जिल्लाहरुमा फर्जी र ठग एजेन्टहरुको समस्या ब्यापक छ ।

वैदेशिक रोजगार विज्ञले यसअघिदेखि नै एजेन्टको व्यवस्थाका कारण जिल्ला तहमा ठगी संस्थागत भएको आरोप लगाउँदै आएका थिए । अहिले पनि म्यानपावरहरुसँग सेटिङ गर्दै सोझा(साझा युवालाई पुरा हुनै नसक्ने सपना बाँडेर कमाउ धन्दा चलाउने एजेन्टहरुको सञ्जाल बढ्दैछ । यसैलाई ध्यानमा राखेर ऐनको संशोधनमार्फत म्यानपावरका लागि एजेन्ट तोक्ने कानुनी व्यवस्था नै हटाउने योजना बनेको हो ।

यसअघि नयाँ ऐनको मस्यौदा गर्न बनेको समितिले पनि एजेन्ट कायम नराख्न सिफारिस गरेको थियो । हालसम्म म्यानपावरको एजेन्टका लागि सरकारले लाइसेन्स नै जारी गर्दै आएको छ ।

यसका लागि दुईलाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था विद्यमान ऐनमा छ । तर, सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने अधिकारवादीले यसलाई ‘ठगीको लाइसेन्स’ भन्दै तीव्र आलोचना गर्दै आएका छन् । (यो समाचार अनलाइन खवरमा रविन्द्र घिमिरेले लेखेका छन् ।)

साभार देशपरदेश


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...