Monday 13th April 2026

मलेसियामा छिट्टै नै नेपाली कामदार अापुर्ती गरिने


तितोपाटी – मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ।

मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्। उनले भनेका छन्,‘सबै देशका कामदार आपूर्ति गर्न एकैखाले प्रणाली अपनाइनेछ। यसका लागि मलेसिया सरकारले एक स्वायत्त आयोग गठन गर्नेछ।’

मलेसियाका मानव संसाधन मन्त्री महम्मद कुलासेगरनले यसका लागि नेपाल र मलेसिया सरकारबीच(जीटुजी)सम्झौता गर्न तयार रहेको बताएका छन्। यो विषयमा शैदान्तिक सहमति भइसकेको र त्यहाँको मन्त्रीपरिषदले पारित गरेपछि सहमतिमा हस्तक्षर हुने उनको भनाइ छ।

बैठकमा मानव संसाधन मन्त्री कुलासेगरनले कामदार आपूर्तिमा भूमिका निभाइरहेको प्राविधिक कम्पनी बेस्टिनेटलाइ निलम्बन गरिएको पनि जानकारी गराएका थिए।

बेस्टिनेटले कामदार आपूर्तिमा बायोमेडिकल चेकअपमा एकाधिकार कायम गरी श्रमिकमाथि शोषण गरेको आरोप लागेको थियो।उक्त कम्पनीले मलेसिया पुग्ने नेपाली कामदारबाट साढे १८ करोड रिंगेट सोषण गरेको पनि आरोप छ। बेस्टिनेटले विदेशी कामदारको एकिकृत व्यवस्थापन प्रणाली(एफडब्लुसिएमएस) मार्फत सम्पत्ति शुद्धिकरणका गतिविधि गरेको आशंका पनि त्यहाँका सञ्चारमाध्यमले गरेका छन्।

नेपाली श्रमिक मलेसिया जानेक्रममा अत्यधिक शोषण भएको भन्दै नेपालले हाल कामदार पठाउन रोकेको छ। कामदार आपूर्ति व्यवस्थित र सूचारू गर्न नेपाल र मलेशसिया सरकारबीच छलफल भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...