Tuesday 24th March 2026

अपाङ्ग विद्यार्थी र क्यान्सर पीडितको सहयोगार्थ दिल्लीमा सांस्कृतिक महोत्सव


तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर  श्री पशुपति सम्पर्क मंच र सुजन म्युजिक प्रालिद्वारा १३ औ  इन्डो नेपाल सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।

अपाङ्ग बिद्यार्थीहरु र क्यान्सर पिडितको सयोगार्थ उक्त सास्कृतिक महोत्सव आयोजना गर्न लागिएको श्री पशुपति सम्पर्क मंचका अध्यक्ष रमेश शर्मा  लम्साल र सोहि स्वस्था का  प्रतिनिधि तुलसी  डकालले बताउनु भयो ।

‘प्रवासमा रहेर पनि कला सँस्कृतिको बिकासमा टेवा पुगोस भारत नेपाल  बिच को समन्ध कायम रहोस  भन्ने हाम्रो चाहाना हो  शर्माले  बताउनु भयो  । बिगतको समयमा प्रत्येक वर्ष ब्लड डोनेसन कार्यक्रम आयोजना बिभिन दुख पिडा मा प्रने परवासी हरु को सयोग पनि गर्दै  आएको र  सामाजिक कार्यहरुमा पनि प्रवासमा अग्रसर रहेको छ ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु गायिका जमुना राना ,गायक कुमार पुन ,गायक हुम गैरे ,गणेश न्यौपाने ,एसियाकै होची कलाकार मुना घिमिरे दिल्ली आउने भएका छन। लोक दोहोरी गायक  धुर्व राना ,राम गहतराज ,पदम संगीत क्षत्री र  सुरज बिसी  साथै सोहि कार्यक्रममा स्थानीय कलाकारहरु उमेश ,निशा ,गोभिन्द ,बिनिता शृष्टि र आरुषीको  बेजोड प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ 

नया स्थानीय कलाकार हरुलाई  अगि बढ़न को लागि र उहाँ हरु को हौसला बढ़ाउन को लागि पनि उहाँ हरु ले नया दिल्ली  मा उधाएका कलाकार हरुलाई मौका दिने कुरा अध्यक्ष रमेश शर्मा ले बताउनु भयो ।

कार्यक्रम १५ अगस्टको दिन दिल्लीको एन्डुसगंज सामुदाईक भवन मुल्चंद मेट्रोको नजिकै  बिहान १२ बजेबाट  सुरु हुनेछ । उक्त कार्यक्रममा सबै लाई उपस्थिति  भै कार्यक्रम लाई सफल बनाइदिनु हुन सम्पूर्ण दिल्ली बासी नेपालीहरूलाई संस्थाले अनुरोध गरेको छ


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...