Wednesday 9th September 2026

काठमाण्डाैंको काँडाघारीबाट ११ वर्षीय बालक अपहरण, ४० लाख फिराैती माग


तितोपाटी – काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।

खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा परेका हुन् वा हराएका हुन भन्ने एकिन भइनसकेको बताए।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ। उनी र उनका टीमहरू अहिले काठमाडौंको काडाँघारी, भक्तपुरको ठिमी र ललितपुर आसपासमा खटिएका छन्। एसएसपी पोखरेलले भने, केही समयमै यसको रिजल्ट आउने छ।’

पछिल्लो जानकारी अनुसार  अाज सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी ४० लाख रुपैयाँ फिराैती माग गरेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । घटनास्थलमा नै रहेका एसएसपी पोखरेलका अनुसार घटनामाथी अनुसन्धान सुरू भईसकेको सकेको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...