Sunday 26th May 2024

काठमाण्डाैंको काँडाघारीबाट ११ वर्षीय बालक अपहरण, ४० लाख फिराैती माग


तितोपाटी – काठमाडौंको काँडाघारीबाट एक ११ वर्षीय बालक अपहरित भएकाे अाशंका गरिएकाे छ। आइतबार बेलुका हराएका निसान्त खड्कालाई अपहरण गरिएको प्रहरीले आशंका गरेको छ।

खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका छ। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालक अपहरणमा परेका हुन् वा हराएका हुन भन्ने एकिन भइनसकेको बताए।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ। उनी र उनका टीमहरू अहिले काठमाडौंको काडाँघारी, भक्तपुरको ठिमी र ललितपुर आसपासमा खटिएका छन्। एसएसपी पोखरेलले भने, केही समयमै यसको रिजल्ट आउने छ।’

पछिल्लो जानकारी अनुसार  अाज सोमबार बिहान अपहरणकारीले बालकको परिवारलाई सम्पर्क गरी ४० लाख रुपैयाँ फिराैती माग गरेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले सोमबार बिहान बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ । घटनास्थलमा नै रहेका एसएसपी पोखरेलका अनुसार घटनामाथी अनुसन्धान सुरू भईसकेको सकेको छ ।


सम्बन्धित शीर्षकहरु

म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१…

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

प्रतिकृयाहरू
...