Tuesday 24th March 2026

जिफन्ट सपोर्ट ग्रुप कुवेतले दूतावासमा ज्ञापनपत्र बुझाउने


तितोपाटी- जिफन्ट सपोर्ट ग्रुप कुवेतले घरेलु कामदारले विदामा घर गएर फर्कन पाँउनु पर्ने माग गर्दै कुवेत स्थित नेपाली दुताबासमा ज्ञापनपत्र बुझाउने भएको छ |

कुवेतबाट विदामा घर फर्केका नेपाली घरेलु महिला तथा पुरुष कामदारले पुनः सोही रोजगारीमा फर्कन पाउनु पर्ने जिफन्ट सपोर्ट ग्रुप कुवेतले सरकार समक्ष जोडदार माग गरेको छ |

जिफन्ट सपोर्ट ग्रुप कुवेतले आउदो आइतबार अर्थात् अगष्ट ५ तारिख यहाँ कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुको उल्लेख्य उपस्थितिमा बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाउने अध्यक्ष गणेश रावतले जानकारी दिए |

बर्षौ देखि घरेलु कामदारको रुपमा ड्राइभर, कुक र हाउस व्वाइ पुरुष तथा महिला बैधानिक बाटो प्रयोग गरि पटकपटक श्रम स्वीकृत लिई कुवेतमा काम गर्दै आएकाको बिशेष प्रकृति हेरेर नेपाली दूतावासले त्यस्ता घरेलु कामदारलाई श्रम स्वीकृति दिन श्रम बिभागलाई पत्र जारी गरिदिने व्यवस्था तत्काल सुरु गर्न जिफन्टले भनेको छ |

जिफन्ट कुवेतले यहाँ कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुलाई आइतबार बिहान ११ बजे कुवेत स्थित नेपाली दुताबासमा आउन पनि अनुरोध गरेको छ |

बिदामा आउने घरेलु कामदारहरुले सम्बन्धित पुरानै रोजगारी आफ्ना लागि सुरक्षित रहेको महशुस गरेर नै पुनः त्यही रोजगारीमा जान खोजेको प्रष्ट भएपनि सरकारले रोक्नु कामदारको हितमा नभएको जिफन्टको ठम्याई छ |

नेपाल सरकारले कुवेत, ओमन, यु.ए.ई, साउदी, कतार लगायत खाडी मुलुकमा नेपाली महिला तथा पुरुष कामदारहरुलाई घरेलु काममा जान र बिदामा घर आइसकेपछि उनीहरुलाई पुनः सम्बन्धित देशको पुरानै रोजगारीमा जान समेत रोक लगाएको छ |

सरकारले बैधानिक रुपमा घरेलु कामदार पठाउन रोक लगाएको भएपनि अबैध रुपमा अन्य बाटो प्रयोग गर्दै खाडी मुलुकमा भित्रने प्रवृति भने रोकिएको छैन |

नेपाली दुताबास कुवेतको तथ्यांक अनुसार करिब ४० हजार महिला तथा पुरुष नेपाली कामदार घरेलु कामदारका रुपमा रहेका छन् | बिगतदेखि नै कुवेतमा कार्यरत घरेलु कामदारहरुले विदामा घर फर्कन पाँउनु पर्ने माग गर्दै आएका छन् |
साभार- हाम्रोसंचार


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...