Monday 22nd December 2025

नक्कली भिसामा युयइ उड्न लागेका २ नेपाली महिला बैंगलोरबाट पक्राउ


तितोपाटी – नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् ।

उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्षीया रविना तामाङ छन् ।

दुवैसँग नेपाल दूतावासले प्रमाणित गरेको सक्कली पासपोर्ट रहेको प्रहरीले जनाएको छ । तर, सारजाह उड्नको लागि उनीहरुसँग भएको युएईको पर्यटक भिसा नक्कली पाइएको छ ।

दुवैजनाले काठमाडौंको एक ट्राभल एजेन्टबाट भिसाको कागजात प्राप्त गरेको र भिसा सक्कली दाबी गरेका थिए ।

तर, भारतको अध्यागमन विभागका अधिकारीले शंका लागेर दुवैको पर्यटक भिसा भारतस्थित नेपाली दूतावाससँग परीक्षण गराउँदा नक्कली भएको पुष्टि भएको छ ।

उनीहरुलाई बैङ्ग्लोर अन्तराष्ट्रिय विमानस्थलबाट उड्नु अघि नै विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।

कर्नाटक अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले रोकेपछि दुवैले आफूहरु नातेदार भएको र सारजाहमा दिदीलाई भेट्न जान लागेको बताएका थिए ।

उनीहरुको बयान नेपाली भाषामा भएको र एक आपसमा मेल नखाएको कारण प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको बताएको छ ।

प्रहरीका अनुसार दुवै महिलाहरु मंगलबार विहान साँढे चार बजेको उडानबाट सारजाह उड्ने तयारीमा थिए ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...