Saturday 21st March 2026

नक्कली भिसामा युयइ उड्न लागेका २ नेपाली महिला बैंगलोरबाट पक्राउ


तितोपाटी – नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् ।

उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्षीया रविना तामाङ छन् ।

दुवैसँग नेपाल दूतावासले प्रमाणित गरेको सक्कली पासपोर्ट रहेको प्रहरीले जनाएको छ । तर, सारजाह उड्नको लागि उनीहरुसँग भएको युएईको पर्यटक भिसा नक्कली पाइएको छ ।

दुवैजनाले काठमाडौंको एक ट्राभल एजेन्टबाट भिसाको कागजात प्राप्त गरेको र भिसा सक्कली दाबी गरेका थिए ।

तर, भारतको अध्यागमन विभागका अधिकारीले शंका लागेर दुवैको पर्यटक भिसा भारतस्थित नेपाली दूतावाससँग परीक्षण गराउँदा नक्कली भएको पुष्टि भएको छ ।

उनीहरुलाई बैङ्ग्लोर अन्तराष्ट्रिय विमानस्थलबाट उड्नु अघि नै विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।

कर्नाटक अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले रोकेपछि दुवैले आफूहरु नातेदार भएको र सारजाहमा दिदीलाई भेट्न जान लागेको बताएका थिए ।

उनीहरुको बयान नेपाली भाषामा भएको र एक आपसमा मेल नखाएको कारण प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको बताएको छ ।

प्रहरीका अनुसार दुवै महिलाहरु मंगलबार विहान साँढे चार बजेको उडानबाट सारजाह उड्ने तयारीमा थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...