Thursday 6th November 2025

पाकिस्तानमा अाज चुनाब, चुनाबको क्रममा विष्फोट, ३१ जनाको मृत्यु


तितोपाटी – पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा चुनाव चल्दै गर्दा भएको बम विस्फोटमा ३१ को मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँच जना प्रहरी तथा दुइ बालक प‍नि रहेकाे स्थानीय डन डट कमले जनाएकाे छ ।

मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको दलमा विभक्त छन् ।

यत्रतत्र स-साना विष्फोट तथा दुर्इ दलका समर्थकबीच झडप पनि भइरहेको छ ।

चुनावको प्रचार प्रसार र मतदानलाई धाँधली र झडपका कारण ओझेलमा परेको छ । पाकिस्तानको मानव अधिकार आयोगले चुनाव बिथोल्न नकारात्मक र हिंसात्मक प्रयासहरु भइरहेको जनाएको छ ।

देशभरमैे कडा सुरक्षा कायम गर्न तथा मतपेटिकाको रक्षा गर्न ३ लाख ७० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनुकाे बावजूद हिंसा भड्किएको हो ।

बलोचिस्तान प्रान्तको क्वेट्टामा भएको विष्फोट एउटा निर्वाचन केन्द्रको ढोका अगाडि सुरक्षाकर्मीलाई लक्षित गरिएको आत्मघाती प्रयास भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसै महिनामा भएको पछिल्लो बम विष्फोटमा १४९ जनाको ज्यान गएको थियो जसलाई अहिलेसम्मकै क्रुरतापूर्ण आत्मघाती विष्फोट मानिएको थियो । यो घटनाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...