Wednesday 29th July 2026

१३ वर्षे किशोरीलार्इ २ महिनासम्म बन्धक बनार्इ सामुहिक बलात्कार गर्नेहरू पक्राउ


तितोपाटी – रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ ।

वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी, २४ वर्षका धर्मेन्द्रकुमार चौधरी र १९ वर्षका जियालाल महतो पक्राउ परेका हुन् ।

उनीहरुले बालिकालाई वैशाख २४ गते मध्यरातमा अपहरण गरेर सर्लाही, पर्सा र भारतको मैनाटार भन्ने स्थानमा बन्धक बनाएर पटक पटक बलात्कार गरेको प्रहरीले बताएको छ ।

घरमै सुतेकी छोरीलाई बिहान ओछ्यानमा नदेखेपछि अभिभावकले छिमेकी बालिष्टर चौधरीसंग परिवारजनले सोधपुछ गरेका थिए । उनले छोरी भोलिसम्म घर फर्किन्छ कोही कसैलाई नभन्नू भनेको र भोलिपल्ट सोध्न जादा ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी गरेको बालिकाका बाबुले बताएका छन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाले सार्वजनिक गरेको दिन मंगलबार बालिकाका बाबुले छोरी खोजतलास गर्दाको पीडा सु्नाएका थिए ।

तीनै जना विरुद्ध किटानी जाहेरी दिएर पटक पटक प्रहरीलाई कारवाही गर्न भन्दा पनि ठोस प्रमाण नभएको भन्दै अनुसन्धान प्रक्रियामा ढिलाई गरेको बालिकाका बाबुले गुनासो गरे । गाउँमा मेडिकल सञ्चालन गर्ने बालिष्टरले ती बालिकालाई विभिन्न बहानामा नजिक बनाएर प्रलोभनमा पारी जघन्य अपराध गरेकोले हदैसम्मको कारबाही गर्न परिवारले माग गरेको छ ।

प्रहरीले स्थानीय स्तरबाट अनुसन्धान गर्दा समेत पक्राउ परेका तीनै जनाको संलग्नता भएको प्रमाण फेला परेको र बालिष्टरको बाबु रामईश्वर चौधरीलाई पक्राउ गरेपछि बल्ल उनीहरु आफनो अभियोग स्वीकारेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए ।

त्यसपछि मात्र अपहरित बालिकाको उद्दार गर्न सफल भएको उनले जानजकारी दिए । बालिकालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा असार २७ गते वीरगंज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा उद्दार गरिएको प्रहरी निरीक्षक ओझाले बताए ।

प्रहरीले असार २९ गते विभिन्न स्थानहरुबाट तीनै जना आरोपीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर कारवाही अघि बढाएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...