Monday 13th April 2026

मुकेश अम्मानी एशियाकै सबैभन्दा धनि


तितोपाटी – रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको ट्रेडिंग १.७ प्रतिशतले बढेको छ। यस वर्ष अम्बानीको कुल सम्पत्तीमा ४ अर्ब डलर बढेको छ। उता ज्याकको अलिबाबा समूहलाई यस वर्ष १.४ अर्ब घाटा भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि अम्बनीले सन् २०२५ सम्म रिलायन्स दोब्बर हुने बताएका थिए। यसका लागि रिलायन्सले जियो गीगा फाइबर लन्चिङ्गको घोषणा गरेका थिए। फाइबरलाई ११ सय सहरमा सुरु गर्ने रिलायन्सको तयारी छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...