Thursday 22nd January 2026

मुकेश अम्मानी एशियाकै सबैभन्दा धनि


तितोपाटी – रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको ट्रेडिंग १.७ प्रतिशतले बढेको छ। यस वर्ष अम्बानीको कुल सम्पत्तीमा ४ अर्ब डलर बढेको छ। उता ज्याकको अलिबाबा समूहलाई यस वर्ष १.४ अर्ब घाटा भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि अम्बनीले सन् २०२५ सम्म रिलायन्स दोब्बर हुने बताएका थिए। यसका लागि रिलायन्सले जियो गीगा फाइबर लन्चिङ्गको घोषणा गरेका थिए। फाइबरलाई ११ सय सहरमा सुरु गर्ने रिलायन्सको तयारी छ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...