Sunday 25th January 2026

अब श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ


रोजगारदाता र ट्रेड युनियनको सहमतिमा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।

आइतबार भएको छलफलमा रोजगारदाता आफूले प्रस्ताव गरेको १२ हजार ५ सय रुपैयाँबाट बढाएर १३ हजार ४ सय ५० रुपैयाँ दिन तयार भएका हुन्। ट्रेड युनियनले १७ हजार रुपैयाँबाट घटेर १४ हजार ५ सय रुपैयाँ दिनुपर्ने अडान राखेका थिए।

यस्तै अब दैनिक ज्यालादारीमा काम गर्नेले ५ सय १७ रुपैयाँ र घण्टाका आधारमा काम गर्नेले प्रति घण्टा ६९ रुपैयाँ पाउने भएका छन्।

सरकारले चिया बगानमा काम गर्ने र घरेलु कामदारको पारिश्रमिक छिट्टै तोक्ने जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...