Thursday 5th March 2026

काँग्रेस सकिएलाकी भन्ने चिन्ता !


बालकृष्ण घिमिरे, बनेपा काभ्रे – कांग्रेसलाई रातको निन्द्रा न दिनको भोक भएको छ आजकल | कम्यूनिष्टले साठि नागेका बुडाबुढिलाई गोली ठोक्छ भन्ने कांग्रेसको जवाफलाई मनमोहन अधिकारिले रु एकसय भत्ता दिने निर्णय गर्दिनु भयो | उ ताका भत्ताको बिरुद्द कोकोहोलो मच्चाउने कांग्रेस आज केपी ओलीले चुनावमा पाचसय भत्ता दिन्छौ भनेर भाषण गरेको भिडियो पुनर ताजगी गर्दै आत्मासन्तुष्टी गर्दै छ | पाच वर्ष ज्ञारेन्टी सरकार चलाऊने जनमत प्राप्त गरेको सरकारको आयु सकिए झै गर्दै पहिलो बजेट आउँदा नै आत्तिएको कांग्रेसका लागि आगामी बर्षका बजेटहरु दातमा लाग्ने ढुँगा सरह हुनेमा शंखा छैन |

कम्यूनिष्टले आफ्नो गाऊ आँफै बनाउ अभियान चलाऊदा देशी विदेशी सक्तिहरुको आड्मा सरकार गिराउन साम्सद खरिद गर्ने लगाएतका कार्य गर्ने कांग्रेश अबको पाच वर्षमा बत्ती बालेर खोज्नु नपरोस | देशी बिदेशी शक्तीको आडमा कम्यूनिष्ट पार्टी फुटाउन सफल कांग्रेसका लागि दुई ठुला कम्यूनिष्ट पार्टी एउटै हुनु र दुईतिहाई मतका साथ सत्ता सन्चालन गर्नु उसका लागि दिवा सपना झै भएको छ | पाच वर्ष पछी पुन प्रतिपक्षको हैसियत कायमै राख्नका लागिपनी कांग्रेस भित्रका बुज्रुक भनिएका नेताहरुले अनावश्यक अलाप विलाप नगरि कम्तिमा कांग्रेसकै कार्यकर्ताले पत्याउने र बिश्वास गर्ने काम कुरो मात्रै गर्दिदा हुन्थ्यो | नत्र आफ्नै समाप्तिका दिन आए भन्दैछन् बिचरा सोझा गाऊका कांग्रेसी “बा”हरु |

कुनै बेला दुईतिहाई र बहुमत प्राप्त कांग्रेस देश बिकासमा लाग्नुको सट्टा छत्तिसे र चौविसे बन्न पुग्यो | भ्रष्ट तस्करहरुको स्वागतका लागि जेलमा ट्रकमा माला लिएर स्वागत गर्ने पुग्ने कांग्रेसीहरुले आज कोकोहोलो मच्चाउनु र हारगुहार गर्नुको के अर्थ ?

आफुलाई प्रजातन्त्रको एकमात्र ठेकेदार ठान्ने काँग्रेसका गतिविधी र सार्वजानिक बोली व्यवहाँर देख्दा मात्रै हैन काँग्रेसको पार्टी र संगठन निर्माण संचालन र परिचालन देख्दा उ हुकुमी शासन बाट माथि उठ्न सकेको देखिदैन | कोइराला परिवार बाट संचालित पार्टी आज देउवाका कारण समाप्ती ऊन्मुख भएको छ भन्दा अतियुक्ती नहोला |

कैयौ पटक सत्तामा रहदा डा.गोविन्द केसी र गंगामायाहरुलाई नचिन्ने कांग्रेसीहरु अब त्यही प्रकरणमा संसद चल्न नदिने रे | सडकमा आन्दोलन गर्ने अरे | हो गोविन्द केसी र गंगामायाहरुले न्याय पाउनुपर्छ तर कांग्रेसीहरुले आज आएर कोकोहोलो मच्चाउनु भनेको गोहिले आसु खसाल्नु सरह मात्रै हो | यो प्रकरण अस्ती ओली प्रधान मन्त्री भएदेखी सुरु भएको प्रकरण हैन , त्यसैले यो सम्वेदनशिल बिषयमा कांग्रेसलाई बोल्ने नैतीक अधिकार सम्म पनि छैन | अझैं पनि झुट्को खेती नै गर्नु छ भने भन्नु केही छैन |

राज्य समेन्त्रको खिल्ली उढाउदै निर्वाचन आचार संहिताको ठाडो उलङ्घन गरेर आफन्तहरुलाई सरकारी समेन्त्रहरुमा जागिर खुवाएर आफुले जनमत गुमाउदा पनि राज्य सत्ता आफु अनुकुल चलाऊने सपना देख्दै गरेको कांग्रेसका लागि अब ओली सरकारले उसले गरेका सबै खाले राजनीतिक नियुक्ती वदर गर्दा पानी बाट बाहिर निकालिएको माछो हुने छ र कोठे आन्दोलनको धम्की दिने छ |

हुनत मलाई काँग्रेस सकिनुमा चिन्ता हैन | कम्तिमा यो मुलुकमा श-शक्त प्रतिपक्ष भएन भने कम्यूनिष्टले सत्ता संचालन गर्दा बाटो बिराउलान कि भन्ने चिन्ता मात्रै हो | त्यसैले असल प्रतिपक्षको भूमिका निर्वहाँ गर्दै हिजो गरेका गल्तिहरु ढाकछोपो गर्न अर्को गल्ती गर्ने हैन , खुलेर हामीले तत् तत् का गल्तिहरु गरेकै हौँ हामीलाई सच्चिने मौका दिनुहोस् भन्दै आम जनता सामु जानुपर्ने समयमा जनताले दिएको मतलाई अपमान गर्दै सर्वसत्तावाद भित्रिन लागो भन्दै छ कांग्रेश |

जनता हिजो जस्तो राणा , राजा , कांग्रेस र कम्यूनिष्टका दास् र रैति हैनन् | आजका जनता सक्षेम र समय अनुसारको निर्णय गर्न सक्ने हैसियत र खुविका छन | त्यसैले त् गत चुनावमा कांग्रेशलाई यो हैसियमा राख्दिए | यदी जनता र राष्ट्रको ईछ्चा विपरित कुनै दल र नेता चल्न खोजे भने तत्काल सहि र उचित निर्णय महान जनताजनार्दनले गर्ने छन | त्यसमा कांग्रेसीहरुले मात्रै चिन्ता लिनुपर्दैन | त्यसैले भिर वाट खस्न लागेको गाईलाई रामराम भन्न सकिएला काध थाप्न सकिन्न | चेतना भया !!


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...