Sunday 1st February 2026

७ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षे बृद्ध पक्राउ


सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोपमा लिखु गाउँपालिकाका ६० वर्षीय भक्त बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान आफ्नै घरमा बसीरहेकी बालिकालाई उनले जबरजस्ती करणी गरेको पिडित बालिकाको परिवारले जनाएको छ । घरमा कोहि नभएको समयमा अभियुक्त श्रेष्ठले बालिकालाई जबरजस्ती गर्दै गरेको आफूले भेटेपछि तुरुन्त प्रहरीलाई खबर गरेको परिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । बालिकालाई भने स्वास्थ्य परिक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...