Thursday 2nd April 2026

१५ असारमा मनाइने रोपार्इ महोत्सवको क्रेज पोखरामा धेरै


तितोपाटी – पोखराको फेवाफाँटमा धान दिवस एवं १५ औं असारे रोपाइँ महोत्सव शुक्रबार भव्य रुपमा मनाइएको छ । पोखरा पर्यटन परिषद्‍ले फेवाताल पारि पामेको ४ रोपनी खेतमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा हिलो खेलेर स्वदेशी एवं विदेशी पर्यटक रमाए ।

हल गोरु दौडाउने प्रतियोगिता, साउने असारे गीत गाउँदै धान रोप्ने प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता महोत्सवको आकर्षण बने । विदेशी पुरुष एवं महिला हिलो दौड प्रतियोगितामा पर्यटक सहभागी भए ।

खुल्ला पुरुष र महिला, पत्रकार पुरुष र महिलाको पनि हिलो दौड प्रतियोगिता भयो ।महोत्सव उद्घाटन गर्न पुगेका प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल खेतमै पसेर हल गोरु नारे ।

हिलोमा साउने लाउने क्रममा हल गोरु दौडिँदा उनी हिलोमा पछारिन पुगेका थिए । प्रदेश सांसद राजीव पहारी पनि साउने लगाउन खेत पसेका थिए । परिषद्‍का अध्यक्ष केदारनाथ शर्माले नेपालको परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य भएको बताए ।

महोत्सवले खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिप्रेरित गर्न सहयोग पुर्‍याउने उनले जनाए ।कास्कीका उत्कृष्ट कृषकलाई परिषद्‍ले सम्मान गरेको छ । महोत्सवमा ५ सय विदेशीसहित २५ हजार पर्यटक सहभागी भएको परिषद्को दाबी छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...