Sunday 15th March 2026

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने


सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ। सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले बिहीबार बसेकाे बैठकले कानुनी प्रतिरक्षा निर्देशिका मन्त्रिपरिषद बैठकबाट पारित गरिसकेकाे बताउँदै सरकार उक्त निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताए।

यस्तै मन्त्री बास्कोटाले सरकारले युरोपीयन युनियनले दिने ५ अर्ब ६ करोड अनुदान लिने निर्णय बैठकबाट स्वीकृत गरेको जानकारी दिए। उक्त रकम युरोपीयन युनियनले कृषि क्षेत्रका लागि सहयोग गर्नेछ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

सरकारले विमा विधेयक निर्देशिका– २०७५, कर्जा सुरक्षण नियमावली निर्देशीका– २०७५ पनि स्वीकृत गर्ने निर्णय गरेकाे छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...