Saturday 3rd January 2026

फलफुलमा सर्वश्रेष्ठ अाँप खानुका फाइदाहरू


तितोपाटी – बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप किनु र खाउँ जस्तो लाग्छ पनि । तर, कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन गुलियो आँपमा, प्रशस्त चीनि पो छ । अझ कोही त आँप खाएर मोटाउने अनि कोही सोच्लान आँप खाएर जिउको तौल घटाउने ।

चल्तिमा रहेको शब्द मिल्क सेक, म्याँगोसेक, पहेलो रंगको यो परिकार हेर्देमा खाउँ खाउँ लागिहाल्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ भोक पनि मेटाउँछ । प्राज्ञ ऐतिहासिक अभिलेख अनुसार भारतको रैथाने यस फलको खेती आज भन्दा २५– ३० लाख बर्ष अघि सर्वप्रथम भारतको उत्तर पूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिदै आएको छ । फलको राजा भनिने आँपको वर्णन हिन्दु धर्म ग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरको पाइन्छ, अरु फल भन्दा ।

हाम्रो शरीरका रोग प्रतिरोधक प्रणाली राम्रो हुनु राम्रो स्वस्थ्यको लागि आवश्यक मानिन्छ । आँपमा प्रशस्त मात्रामा पाइने भिटामिन–सी, भिटामिन–ऐ तथा २५ विभिन्न खाले कयारोटेन्वाइडसले हाम्रो रोग प्रतिरोधक प्रणालीलाई स्वस्थ्य राख्छ ।

आँप सेवनबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरुलाई डा. केदार कार्कीले यसरी उल्लेख गरेका छन् :

क्यान्सरको रोकथामका सहयोगी

हामी सबैलाई थाहा भएकै कुरा हो क्यान्सर, घातक तथा उपचार असम्भव रोग हो । यो निको पार्न सकिन्न तर प्रचलित भनाइ छ रोगको उपचार गर्न गराउन भन्दा रोकथाम नै बेस् । यो सामान्य भनाई मात्र हैन अस्वीकार्य तथ्य पनि हो । आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरुले (कोलन), ठूलो आन्द्रा, बक्षस्थल तथा रक्त क्यान्सर हुनबाट बचाउन सहयोगी हुने गर्दछन् ।

कोलेस्ट्रोल न्यून गराउने

आँपमा उच्च तहमा (फाइबर) रेसा भिटामिन–सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल (सिरम) मा कोलेस्ट्रोलको मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरिदिन्छ ।

छाला चिटिक्क पार्छ

छालाको रुप रंग बारे केटिहरु मात्र हैन केटाहरु पनि खास गरी गर्मी बर्षाको बेला सजग हुने गर्दछन् । यो बेला आँप उपलब्ध छ, छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन ।

मधुमेह नियन्त्रण

जब हामी आँपको वर्णन गर्दछौं हामी कसरी आँपको पातको गुणकारी विशेषता बिर्सन सकौला त ? आँपको पातमा शरीरको रंग तथा इन्सुलीन नियमन गर्ने क्षमता हुने गर्दछ । आँपको पातलाई उमालेर रातभरी ढाडिन दिने अनि छानेको झोल बिहानी पख सेवन गर्दा मद्युमेह नियमन गर्न सघाउ पु¥याउँछ ।

आँप भिटामिन–ई को उत्तम श्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले खाने कुरा पच्ने पचाउने उत्पन्न हुने बिकार दिसाको रुपमा विसर्जन गर्ने क्षमता विकास गराउँछ पनि ।

लू बाट बचाउने

बर्षे गर्मी हाम्रो शरीर र मष्तिस्कका लागि लू को रुपमा कति घातक हुन्छ हामी सवैलाई थाहा छ । तर, काँचो आँपको रस पानी चीनि मिसाएर बनाएकै सर्वतले हाम्रो शरीरको तापक्रम त घटाउँछ नै साथै लू को घातक असरवाट पनि बचाउँछ । राम्रो आँखाको ज्योतिको लागि भिटामिन– ए को आवश्यकता पर्दछ । एक कप आँपको केस्राले हाम्रो शरीरलाई दैनिक चाहिने भिटामिन– ए को २५ प्रतिशत आपुर्ति गराउँछ । पिसाववाट बाइकार्वोनेटका कण विर्सजनको नियमन गर्दछ । आँपमा पाइने टारटारीक एसीड, मस्लीकएसीड नि न्यून मात्रा उपलब्ध सिट्रिक एसीडले शरीरमा क्षरिम तत्वको भण्डारणमा मद्धत गर्दछ ।

ठिक्क मात्रामा आँप सेवन गर्नाले शारीरिक तौल घटाउन मद्धत गर्छ । आँपको बोक्रामा पाइने वनस्पति जन्य रसायनले शरीरमा अनावश्यक बोसो पगाल्न मदत गर्छ । आँपमा पाइने आहारजन्य रेसाले पेट टन्न भएको अनुभूति गराउँछ । जसले गर्दा लामो समयसम्म भोक लाग्दैन । हामीलाई बजारमा उपलब्ध कटयाङग कुटुङगखाले तयारी खानाप्रति रुची हुँदैन । त्यसैले आँप फलहरुको राजा भनिएको हो ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...