Saturday 16th November 2024

कपिलवस्तुमा ७५ वर्षीय बाबुले ४५ वर्षको छोराको हत्या गरे


तितोपाटी – जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् ।

यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

कोदालो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल डंगरीका इन्चार्ज प्रहरी निरीक्षक अमृत दुलालले जानकारी दिए ।

हत्या गर्नेे बाबु मोहनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जग्गाका विषयमा विवाद भएपछि छोराले अदालतमा बाबुविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

अदालतबाट मुद्दा जितेसँगै छोरा तीरथले आफ्नो नाममा रहेको जग्गा अरुलाई दिने निर्णय गरेका थिए ।

छोराले दिनहुँ मानसिक तनाब दिने र गाली–गलौच गरेकाले आफ्नै छोराको हत्या गरेको मोहनले प्रहरीसामु बयान दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा…

लन्डन: ओमानी अन्तरिक्ष स्टार्टअप ओमान लेन्सले देशको पहिलो पूर्ण उपग्रह प्रक्षेपण गर्‍यो, जसले मस्कटलाई सहरी योजना, वन अनुगमन, र विपद्…

प्रतिकृयाहरू
...